१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन तरुल खोज्न जंगल जान थाले स्थानीय

माघे संक्रान्तीका लागि जंगलमा बन तरुल खन्दै खोटाङ चिप्रिङका बालक। तस्बिरः दमन राई

खोटाङ– माघे संक्रान्तीका लागि खोटाङका स्थानीय वन तरुल खन्न व्यास्त छन्। माघे संक्रान्तीका दिन खानका लागि स्थानीय वन तरुल निकाल्न जंगलमा पुगेका छन्। वन तरुल निकाल्न स्थानीय कुटो, कोदालो र झम्पाल सहित नजिकका जंगल चाहारिरहेका छन् ।

माघे संक्रान्तीमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकु लगायतका परिकार खाने प्रचलन भएपनि स्थानीयले बन तरुललाई बिशेष महत्वका साथ लिने गरेको पाईन्छ । माघे संक्रान्तीका दिन ‘एक टुक्रा भए पनि बन तरुल खानुपर्छ’ भन्ने मान्यता छ । कुनै–कुनै घना जंगलमा पाईने बन तरुल निकाल्न निकै मेहनत गर्नुपर्ने हुन्छ । बन तरुलको फल जमिनको सतहबाट तीन÷चार मिटरमुनि मात्र भेटिन्छ । दुई÷तीन दिनअघिदेखि माघे संक्रान्तीको दिनसम्मै बन तरुल खन्ने गरिन्छ । बन तरुल खन्नकालागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका च्यास्मीटार–४ का बृद्ध बबरसिं राईले बताए । निकै मेहनतकासाथ निकालिएको बन तरुल बिक्रीकालागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तीभन्दा हप्ता दिनअघि देखि नै कन्दमुल खरिद गरेर राख्ने गर्छन् । कन्दमुलमध्ये बन तरुलको मूल्या महंगो पर्छ ।

घर तरुलको बिक्री बढ्यो

माघे संक्रान्तीमा उपयोगकालागि स्थानीय बजारमा तरुल, सखरखण्ड र इस्कुसको जराको बिक्री बढेको छ । सदरमुकाम दिक्तेल, हलेसी, जयराम, अर्खौले, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, सिमपानी, बाक्सिला लगायतका बजार, सव्जी पशल तथा हाटमा कन्दमुलको बिक्री बढेको हो । हाटबजारमा तरुल र सखरखण्ड किन्ने ग्राहकको भिड लाग्ने गरेको छ।

माघे संक्रान्तीलाई लक्ष्यीत गर्दै हिजोआज सदरमुकामका चोकचोकमा बिक्रीका तरुल राखिएका छन् । किसानलाई तरुल र सखरखण्ड बिक्री गर्न भ्याइनभ्याई छ । यस पर्वको अवशरमा स्थानीयले सखरखण्ड र तरुल बिक्री गरेर राम्रो आम्दानी लिने गरेका छन् ।

 

प्रकाशित: २९ पुस २०७३ ०६:०९ शुक्रबार

वन तरुल खोज्न जंगल जान थाले स्थानीय