१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमतिसंग आएका दाङका सात जना भेटिए

दाङ – भारतबाट आएका कैलालीका एक युवामा कोरोना संक्रमण देखिएपछि उनिसंगै आएका दाङका सातजनालाई आईसोलेशनमा राखिएको छ। ति युवासंगै गौरीफन्टा नाका हुँदै जिल्लाका १० जना दाङ आएका थिए। १० जना मध्य सात जनाको पहिचान गरि आईसोलेशनमा राखिएको छ, भने बाँकी तीन जनाको पहिचान हुन बाँकी छ। ‘पहिचान भएका सातजनालाई बेलझुण्डि स्थित कोरोना विशेष अस्पतालमा आईसोलेशनमा राखिएको छ,’ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘बाँकी तीनजनाको पहिचान हुन बाँकी नै छ।’

स्थानीय प्रशासनलाई प्राप्त नाम र ठेगाना अनुसार पहिचान गर्न खोज्दा ति ठेगाानामा ति नाम गरेका व्यक्तिनै नरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। उनीहरु देउखुरी क्षेत्रका हुन्। ‘हामीलाई प्राप्त ठेगानामा ति नाम गरेका व्यक्ति नै नभएको जानकारी भयो,’ उनले भने ‘उनिहरुको पहिचानका लागि देउखुरीका सबै स्थानीय तहहरुलाई पहिचान गर्न भनेका छौं।’ आईसोलेशनमा राखिएका सातजनाको भने मंगलवार स्वाब परीक्षणको लागि पठाईने छ। 

यसैगरि अहिले सम्म स्वाब परिक्षण गरिएका जिल्लाका २० नागरिकमा कोरोना संक्रमण नरहेको पुष्टी भैसकेको छ। ‘अहिले सम्म जिल्लाका विभिन्न अस्पतालका आईसोलेशनमा रहेका २० जनाको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ,’ प्रजिअ रिजालले भने ‘भारतबाट आएका सातजनाको स्याम्पल भने मंगलवार पठाउँदै छौँ, हेरौँ उनिहरुको रिपोर्ट कस्तो आउँछ।’ यसैगरि अहिले दुईदर्जन नागरिकलाई क्वारेन्टाईनमा राखिएको छ। 

विदेशबाट ३ हजार ६ सय बढी आए

कोरोना संक्रमणको जोखिम बढेसंगै जिल्लामा विभिन्न बाह्य मुलुकबाट ३ हजार ६ सय बढी नागरिक आएका छन्। 
गत चैत १ गते देखि यता जिल्लामा ३ हजार ६ सय ३७ जना नागरिक जिल्ला आएको तथ्यांक स्थानीय प्रशासनसंग छ। जिल्लाका विभिन्न स्थानीय तहहरु मार्फत यो तथ्यांक लिईएको हो। लकडाउन भएयता मात्रै जिल्लामा एक सय १३ नागरिक दाङ भित्रिएका छन्। ‘जिल्लामा चैत १ गते देखि यता ३ हजार ६ सय ३७ जना नागरिक विदेशबाट दाङ आएका छन्,’ उनले भने ‘यो मध्य एक सय १३ जना लकडाउन भएयता आएका हुन्।’

जिल्लामा सबै भन्दा बढी भारतबाट नागरिक आएका छन्। जिल्ला आएका नागरिकहरु आँफै क्वारेन्टाईनमा भने बसेका छैनन्। सरकारले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईनमा बस्नै पर्ने भनेतापनि कतिपय लुकीछिपी घरमा बस्ने गरेका छन्। ‘हामीहरु आँफैले खोजेर क्वारेन्टाईनमा राख्ने गर्छौँ,’ प्रजिअ रिजालले भने ‘क्वारेन्टाईनमा आँफै बस्न जानु पर्छ भन्ने सचेतना निकै कम छ ,यो ठूलो बद्मासी हो।’  


 

प्रकाशित: २४ चैत्र २०७६ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App