१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दैनिक ज्यालादारी गर्ने मजदूरलाई विशेष प्याकेज दिन माग

काठमाडौँ - कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

समाजवादी पार्टी र  समाजवादी दलित मुक्ति महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी लकडाउनका कारण दिनभर काम गरेर छाक टार्ने मजदूरको दैनिकीमा नै समस्या देखिएको भन्दै सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिएको हो। 

कोभिड–१९ का कारण विश्वभरि फैलिएको महामारीलाई नियन्त्रण गर्न नेपालका सबै राजनीतिक दलले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर लाग्न विज्ञप्तिमा आग्रह गरिएको छ। रासस

प्रकाशित: २४ चैत्र २०७६ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App