१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैशाख ३ सम्म लकडाउन थप्ने मन्त्रीपरिषद् बैठकको निर्णय

काठमाडौं- कोरोना संक्रमण (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तेस्रो पटक लक डाउनको समय थप गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३ गतेसम्म लडक डाउनको समय थप गर्ने निर्णय गरेको हो। सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक स्थानीय तहबाट अर्को स्थानीय तह, जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाउने घोषणा यसअघि नै गरिसकेको छ। नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। १ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। यसअघि आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले समय थप गर्ने निर्णय गरेको थियो।

यसअघि सरकारले पहिलो पटक चैत ११ गतेबाट लागू हुनेगरी १८ गतेसम्म लक डाउन गरेको थियो। नेपालमा कोरनो संक्रमितको संख्या बढ्दै गएपछि सरकारले दोस्रो पटक चैत २५ गतेसम्म लक डाउनको समय थपेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ। सरकार प्रवक्ता रहेका अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

यसैगरी उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश नम्बर २ र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ। यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसदमा भएका राजनीतिक दलहरुसँग निरन्तर सम्बाद र समन्वय गर्ने, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालि र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन र समन्वय गर्ने र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयम सेवक व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

प्रकाशित: २४ चैत्र २०७६ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App