१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राजधानीमा ट्वान्टी–२० हुने

काठमाडौं- खुकरी इन्टरटेनमेन्टले ट्वान्टी–२० स्वरुपमा खुकुरी च्यालेन्जर्स कप आयोजना गर्ने भएको छ। प्रतियोगिता माघ १ गते सुरु हुनेछ। भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयको मैदानमा हुने प्रतियोगितामा १६ टोली सहभागी रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव विनोद महर्जनले जानकारी दिए। २ साता हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ। १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह चरणमा प्रत्येक टोलीले आपसमा १ खेल खेल्नेछन्। हरेक समूहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताका संयोजक महर्जनले युवा प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागेको बताए।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पुल्चोक इन्जिनियरिङ कलेज, नेपाल क्रिकेट स्कुल, नेपाली राइनोज, काठमाडौं क्रिकेट क्लबको ‘ए’ र ‘बी’ टोली, जी फोर्स क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट क्लब, लायन्स क्रिकेट क्लब, टिम टप, पान्डाज, चन्द ब्रदर्स, एसएमसी बानेश्वर, रोयल पिसी फाइटर र ओसिस क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार जित्नेछ भने उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद पाउनेछ भने उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २९ पुस २०७३ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App