१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइसोलेसन बेडमा भर्ना युवकले पाए उपचार

लहान- सास फेर्न असहज महसुस भएपछि प्रादेशिक अस्पताल जनकपुर पुगेका युवकले १२ घण्टापछि उपचार पाएका छन्। लहान नगरपालिका–२२ जहदीका २३ वर्षिय युवकको आइतबार दिउँसो स्वास्थ्य परीक्षण तथा स्वाब संकलन गरिएको छ।

दिउँसो डाक्टरसाब आए जाँच गर्नुभयो। एउटा औषधि(चक्की) पनि खुवाउनु भयो। औषधि खाएदेखि सास फेर्न सहज भएको छ उनले नागरिकसँग फोनमा भने,‘अहिले म ठिक भएको महसुस गर्दै छु।’ शौचालयमा पानी पनि राखिएको छ। बेडहरु पनि मिलाइएको छ। लामखुट्टेको प्रकोपबाहेक अरुथोकमा सुधार भएको छ। उनले भने,‘भोली रिपोर्ट आएपछि मँ ढुक्क भएर घर फर्किन्छ।’ आज दिउँसो अस्पतालबाट पाएको ‘रेसपोन्स’का कारण सहज रुपमा सास फेर्न पाएको छु। मेरो स्वास्थ्यबारे निरन्तर चासो राखिदिएर समाचार सार्वजनिक गरिदिएकै कारण मैले ढिलै भएपनि उपचार पाउन सके उनी भावुक भए,‘बेसाहारा नागरिकको पीडाको बाहक बनिदिने नागरिकलाई साधुवाद।’

संघीय सांसद सरिता गिरीले नागरिकमा प्रकाशित सामाचारप्रति चासो व्यक्त गर्दै प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गरिन्। जनताको स्वास्थ्य उपचारमा लापरबाही गर्न पाइदैन उनले भनिन्,‘मैले प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीज्यूसँग स्वास्थ्य उपचारको व्यवस्था भरपर्दो बनाउन भनेकि छु।’

ती युवक कोरोना भाइरस(कोभिड-१९) परीक्षणका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए। अस्पतालका स्वास्थ्यकर्मीले उनको जाँचै नगरी अइसोलेसनमा भर्ना गरिदिएका थिए। रातभर आइसोलेसनमा अनिदो छटपटीरहे। तर, बिहानसम्म कोही डाक्टर उनको जाँच गर्न आएनन्।

रातिबाट उनलाई ज्वारो पनि आएको छैन। सास फेर्न मात्र गाह्रो भैरहेको थियो। ‘श्वासप्रश्वासको समस्याबाट पीडित भएर अस्पताल अस्पताल भौतारिँदै छु’ उनले आइतबार बिहान नागरिकसँग फोनमा भक्कानिएँर भने,‘मेरो समस्याको उपचार नगरी अव्यवस्थित कोठामा थुनेर राखेको छ।’ कोठाभरी लामखुट्टेको प्रकोप छ तर झुलको व्यवस्था छैन उनले पीडा पोखे,‘यहाँ स्वस्थ्य मानिस पनि संक्रमित हुने जोखिम छ।’

प्रकाशित: २३ चैत्र २०७६ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App