१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सकियो पैसा, पुगिएन गन्तव्यमा

सुर्खेतमा अलपत्र शिवराज र धर्मसिंह रावल । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर- विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सरकारले चैत ११ गते बन्दाबन्दी (लकडाउन) लगायो। लकडाउनको पूर्व सूचना पाएका हजारौं सर्वसाधारण आफ्नो घर फर्किए। मुगु छायानाथ रारा नगरपालिका–२, तुमा गाउँका शिवराज रावल (२४) र सोही गाउँ धर्मसिंह रावल (३९) पनि आफ्नो मजदुरी छाडेर चैत ९ गते घर फर्कने निधो गरे।

तर गाडी नपाउँदा उनीहरू अर्काे दिन गाडीमा चढे। त्यहाँबाट कोहलपुर पुग्दा लकडाउन सुरु भइसकेको थियो। गाडीले सबै यात्रु झा¥यो र आफ्नो सेवा लकडाउनसम्मलाई बन्द गर्‍यो। जसले गर्दा धेरै यात्रु अलपत्र अवस्थामा परे। शिवराज र धर्मसिंहको गन्तव्य पनि पूरा हुन सकेन। बीचमै उनीहरू अफ्ठ्यारोमा परे। उनीहरू होटेलमा बसे।

होटेलको महँगीले उनीहरूले ल्याएको पैसा सकियो। त्यहाँबाट प्रहरीको सहयोग मागे। प्रहरीले अनुमति पाएको एउटा ट्रकमा बसाली दियो। ट्रक सुर्खेतसम्म पुग्यो। मुगु पुग्नु पर्ने उनीहरूको यात्रा सुर्खेतमै रोकियो। कोहलपुरबाट उनीहरू १९ गते सुर्खेत झर्दा सुर्खेत सुनसान थियो। होटेल, पसल बन्द थिए भने गाडी पूर्णरूपमा बन्द थिए।

बस्नलाई केही होटेललाई अनुरोध गरे तर कुनै होटेलले आफूहरूलाई बस्न नदिएको उनीहरू बताउँछन्। अन्तिममा वीरेन्द्रनगर बुद्धपथमा सञ्चालित एउटा होटेलमा बास पाए। त्यहाँ उनीहरू उधारोमा बसेका छन्। ‘नचिनेको होटेलमा बिना पैसाका खाँदा पनि लाज लाग्छ,’ शिवराज भन्छन्, ‘समस्या सबै भने कतिबेला पैसा माग्छन् र निकाल्छन् भन्ने डरले सताइरहन्छ।’

‘सुर्खेतमा अलपत्र परेपछि जनप्रतिनिधिलाई पनि जानकारी गरायौं,’ धर्मसिंहले भने, ‘तर केही लागेन।’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नाम टिपाए पनि त्यसको केही प्रतिक्रिया नआएको उनीहरू बताउँछन्। अलपत्र परेकाका लागि सम्पर्कमा आउन १११० नम्बरको हटलाइन सेवा गरेको थियो। उक्त हटलाइनमा फोन गर्दा पनि उद्दार हुन नसकेको उनीहरू बताउँछन्। सुर्खेतमा अलपत्र उनीहरू समस्यामा परेका छन्। लकडाउन लम्बिने अवस्था भए झनै ठूलो समस्या हुने शिवराजले बताए।

खाएको बसेको सांसद बमले तिर्ने
मुगुका अलपत्र नागरिकका लागि आफ्नो व्यक्तिगत खर्चले यथास्थानमा खान बस्नको व्यवस्था आफूले गर्ने संघीय सांसद गोपाल बलमे बताए। ‘प्रदेश र स्थानीय सरकारले उद्दार गर्नु पर्ने हो,’ उनले भने, ‘दुवै सरकार चुकेका छन्। यस्तो अवस्थामा नागरिकलाई बिना अभिभावकत्व गराउँदैन। मेरै व्यक्तिगत खर्चमा खान बस्नको व्यवस्था गर्छु।’

जसलाई जितायो उसले हेरेनन्
मुगुबाट निर्वाचित प्रदेश सांसद दानसिंह परियार उम्मेदवारी हुँदा हाम्रो घरमा दुई हात जाडेर भोट माग्नु भयो। हामीलगायत मतदातालाई भगनाव जस्तै पूजेर मत मागेको उनै सांसदले यस्तो बेला फोनसमेत नउठाएको उनीहरूको गुनासो छ। ‘हामीले मत दिएर जिताएर पठायौं,’ उनीहरू भन्छन्, ‘अहिले हामीलाई समस्या पर्दा हेरिएन।’ प्रदेश सांसद परियारलाई नागरिकले फोन गर्दा रिसिभ भएन।

धादिङमा मजदुरी
एक महिनाअघि उनीहरू रोजगारीका लागि धादिङको धादिङवेसी मजदुरी गथ्र्ये। त्यहाँ उनीहरू घर बनाउने काममा लागेका थिए। यसभन्दा उनीहरू भारतका विभिन्न स्थानमा काम गरेर गुजारा चलाउने गरेका थिए।

 

प्रकाशित: २३ चैत्र २०७६ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App