१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकीकृत बस्ति विकास अभियान चलाइने, ईन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवामा खटाइने

फाइल तस्बिरः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिर्इअाे डा. गाेबिन्द पाेखरेल

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको नियुक्तिपछि पहिलो पटक बसेको बैठकले एकीकृत नमुना बस्ती विकासका लागि जागरण अभियान चलाउने निर्णय गरेको छ।

त्यस्तै, बैठकले पुनर्निर्माण अभियानमा जनसहभागिता जुटाउने, समाज एकीकरण अभियान चलाउने र धुर्मुस–सुन्तली फाउन्डेशन जस्ता एकीकृत वस्ती विकासमा लाग्ने गैरनाफामुलक सामाजिक संस्थाहरुसँग सहकार्य गर्ने निर्णय गरेको प्राधिकरणका सहप्रवक्ता डा. भिष्म भुषालले बताए।

उनका आनुसार बैठकले पुनर्निर्माण अभियानमा सघाउन विभिन्न विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ संकायतर्फ अध्ययनरत सिभिल इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई विश्वविद्यालयहरु सँग अनुरोध गरी माघ २१ देखि फागुन २० सम्म एक महिने स्वयंसेवा अभियानमा खटाउने निर्णय पनि गरेको छ।

प्राधिकरणले फिल्ड सेर्वेक्षण र फिल्ड भेरिफिकेशन कार्य माघ मसान्तभित्र सक्नेगरी सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई जिम्मेवारी दिने र भूकम्पन प्रभावित १४ जिल्लाका १९८६६ लाभग्राहीहरुको सूची विष्लेषण गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २८ पुस २०७३ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App