१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काेराेना जाेखिममा पनि सांसद पाैडेल निर्वाचन क्षेत्रमा

बागलुङ – नोबोल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेका बेला सांसद देवेन्द्र पौडेल निर्वाचन क्षेत्रमा पुगेका छन्। डाक्टर र जनतामा थप मनोबल बढाउने र आवश्यक सामग्री अभाव हुन नदिने उदेश्यले निर्वाचन क्षेत्रका स्वास्थ्यचौकी र पालिकाहरूमा पुगेर निरीक्षण गरेका हुन्।

शनिबार गलकोट, खर्वाङ, भीमगिठे, दर्लिङ स्वास्थ्यचौकी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर त्यहाँको अवस्थाको विषयमा जानकारी लिएका छन्।

विश्वभरि फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो नरहेको भन्दै यस्तो विषम परिस्थितिमा डाक्टर, सुरक्षाकर्मीको भूमिका उल्लेखनीय रहेको भन्दै थप मनोबलका साथ काम गर्न उनले आग्रह गरे।

सांसद पौडेलले डाक्टरहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पालिकाहरूमा पीपीईसमेत हस्तान्तरण गरेका छन्। स्वास्थ्यचौकीका प्रमुखसँग भेटघाटका क्रममा सांसद पौडेलले बिरामीको उपचारमा यो वा त्यो बहाना गर्न नहुने भन्दै आफू पनि सुरक्षित रहि बिरामीको उपचार गर्नुपर्ने बताए।

जिल्लामा आवश्यक जनशक्ति र थप उपकरणका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेकाले केही दिनमा थप सामग्री उपलब्ध हुनेमा विश्वास व्यक्त गरे।

अहिले बागलुङसहित सिंगो देश संक्रमण अवस्थामा रहेकाले सरकारले जारी गरेको लकडानको पूर्ण पालना गर्नुको विकल्प नरहेको दोहोराएका छन्।

अहिलेसम्म बागलुङसहित ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। एक जनाको उपचारपछि निको भएर घर फिर्ता भइसकेका छने भने, अन्य आठ जनाको उपचार भइरहेको छ।

प्रकाशित: २२ चैत्र २०७६ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App