१० दिनमै उल्टियाे कामदारसँग लेबी नलिने मलेसियाली निर्णय

बिहिबार, २८ पुष २०७३, १६ : ०३ नागरिक

काठमाडौं– मलेसिया सरकारले विदेशी कामदारसँग लिँदै आएको लेबी रोजगारदाता कम्पनीबाटै उठाउने गरी लागू गरेको नयाँ व्यवस्था १० दिन पछि नै उल्ट्याएको छ ।

रोजगारदाता कम्पनी र मलेसियाली रोजगार एजेन्टहरुको चर्को विरोधलाई थेग्न नसकेर मलेसियाको मन्त्रिपरिषद्ले बुधबार (जनवरी ११) को बैठकबाट उक्त व्यवस्था उल्ट्याएको जानकारी आफूहरुले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए।

‘मलेसियाले बुधबार क्याबिनेटबाट निर्णय गरेर नयाँ नियम उल्ट्याएको हामीले जानकारी पाएका छौं,’ उनले नागरिकन्युजसँग भने, ‘नेपालका तर्फबाट रोजगारदातालाई नै लेबी तिराउनका लागि कुटनीतिक पहल आवश्यक छ।’ रोजगारदाताहरुको चर्को दबाबपछि मलेसियाली सरकारले उक्त निर्णय एक वर्षपछि अर्थात सन् २०१८ बाट लागू गर्ने गरी उक्त नयाँ व्यवस्था तत्कालका लागि स्थगित गरेको उनले बताए।  

गएको डिसेम्बर ३१ तारिकमा मलेसिया सरकारले जनवरी १ तारिकबाट लागू हुने गरी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने नयाँ व्यवस्था गरेको थियो।

कामदारले तिर्दै आएको लेबीसमेत आफूहरुले तिर्न सुरु गरे बिदेशी कामदार महँगो पर्ने र त्यसले समग्र मलेसियाको पूर्वाधार विकास तथा आर्थिक विकासमै नकारात्मक असर पर्ने तर्कका साथ व्यवसायीहरुले निर्णय फिर्ता लिन सकारलाई दबाब दिँदै आएका थिए।

नयाँ नियम स्थगित भएसँगै सरकारले ल्याएको नयाँ नियमअनुसारका न्यूनतम तलब ग्यारेन्टी, कामदारको आवासको गुणस्तरलगायतका सुविधाहरु समेत मलेसिया जाने नेपाली तथा विदेशी कामदारले तत्काल नपाउने भएका छन्।

मलेसियाली सरकारकाे पछिल्लाे निर्णयसँगै राेजगारीका लागि नेपालकाे प्रमुख गन्तव्य मुलुककाे रूपमा रहँदै अाएकाे मलेसिया पुगेका नेपाली कामदार थप सेवा र सुविधाबाट बञ्चित हुने भएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad