१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसको 'लोकल ट्रान्समिसन', नेपाल संक्रमणको दोस्रो चरणमा

काठमाडौं- नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को 'लोकल ट्रान्समिसन' भएको छ। आज देखिएका तीन केस सहित ९ जनालाई कोरोना संक्रमण देखिएको छ। यस मध्ये ८ जना विदेशबाट आएका हुन् भने एक महिलाको कुनै ट्राभल हिस्ट्रि देखिँदैन।  आज सार्वजनिक भएका तीन मध्ये दुई जना भारतबाट आएका हुन्।

आज कोरोना देखिएका तीन जना मध्ये कैलालीकी ३४ वर्षीया महिलाको कुनै ट्राभल हिस्ट्रि छैन। उनी नेपालमा चौथो कोरोना संक्रमण देखिएका विरामीका आफन्त हुन्। यो विदेशबाट आएका नेपालीबाट स्थानीयमा सरेको पहिलो घटना हो। यसअघि विदेशबाट आएका मानिसमा मात्रै कोरोना संक्रमण देखिदै आएको थियो।

'लोकल ट्रान्समिसन' सँगै भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए।

'यो पहिलो केस हो। अब हामी दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ। यो संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ। यसलाई हामी लोकल टान्समिसन भन्छौ। संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा। र यसले पनि थप पुष्ट्याई के गर्छ भन्दा क्वारेन्टाईनमा कति अनिवार्य रुपमा र कति सावधानीपुर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ' देवकोटाले भने।

देवकोटाले अहिले ६९ जना आसोलेसनमा भएको बताए। जसमा काठमाडौं बाहिर ५४ जना र १५ जना आइसोलेसनमा छन्।

मन्त्रालयले बनाएको नयाँ वेबसाइटमा ६५ सय जनाले सेल्फ इभालुएसन गरेको उनले बताए। जसमा १२६ जना रेड जोनमा परेको र उनीहरुको ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए।  

कोरोना संक्रमित २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले बताए। पहिलो संक्रमित भने उपचार पछि घर फर्किसकेका छन्।

 

प्रकाशित: २२ चैत्र २०७६ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App