१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाका थप तीनजना संक्रमित फेला,  संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस(काेभि-१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा काेराेना भएकाे पुष्टि गरेको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि पनि भएको छ। यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि घर फर्किका छन् भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ।

प्रकाशित: २२ चैत्र २०७६ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App