१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चहलपहल बढेको भन्दै तरकारी पसल बन्द

तनहुँ- कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला रहेका तनहुँको सदरमुकाम दमौलीस्थित तरकारी पसल बिहीबारदेखि बन्द गरिएको छ। व्यास–३ स्थित तरकारी बजारमा लकडाउनको क्रममा सामाजिक दुरी कायम हुन नसकेको र मानिसको चहलपहल भएको कारण तरकारी पसल बन्द गर्ने निर्णय गरिएको हो।

व्यास नगरपालिका–३ वडा समिति र टोल विकास संस्थाहरुको बिहीबार बसेको बैठकले सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा लापरवाही भएको हुँदा लकडाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए। ‘तरकारी पसल बन्द गरेपनि उपभोक्ताको आवश्यकतालाई तरकारी उपलब्ध गराउन जिल्लाभित्रको उत्पादन ट्रकमा राखेर टोल टोलमा आपूर्ति गरिन्छ’ उनले भने।

जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खुल्ला गर्ने निर्णय बमोजिम तरकारी पसल उक्त समयमा खुल्ला रहँदै आएपनि सामाजिक दुरी कायम गर्ने विषयमा लापरबाही भएकाले यस्तो निर्णय गर्न बाध्य भएको व्यास ३ का वडा सदस्य रविन पौडेलले बताए। त्यस्तै बैठकले व्यास–३ स्थित शवदाह घाटमा मलामी जाँदा संख्या कम र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ।

प्रकाशित: २० चैत्र २०७६ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App