१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संरक्षणमा नमुना बन्ने नेपालको लक्ष्य

काठमाडौं- वन मन्त्रालयले विश्कै दुर्लभ वन्यजन्तु हिउ“ चितुवाको संरक्षणको नेतृत्व लिने उद्देश्यले माघ ४ देखि ७ गतेसम्म काठमाडौंमा विश्व हिउ“ चितुवा बैठक आयोजना गर्ने भएको छ। बैठकमा चितुवा पाइने १२  देशका सरोकारवाला मन्त्री सहभागी हुनेछन्।

'हामीले बाघ, गैंडामा मात्र होइन हिउ“ चितुवामा पनि अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले यो बैठक गर्न लागेका छौं', वनमन्त्री शंकर भण्डारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, 'अहिलेसम्म ६ वटा देशबाट मन्त्री र उपमन्त्री आउने पक्का भयो। अन्य मुलुकका मन्त्रीको भ्रमण निश्चित भएको छैन। यसले संरक्षण क्षेत्रको मात्र नभई पर्यटन विकासमा समेत फाइदा पुग्ने अपेक्षा गरेका छौं।'

उनले हिउ“ चितुवा संरक्षण क्षेत्रलाई आधार मानेर नेपालमा तीनवटा भूदृश्य पहिचान भएको बताए। 'तीनवटामध्ये कञ्चनजंघादेखि लाङटाङबीचको क्षेत्रलाई हिउ“ चितुवा संरक्षणको नमुना बनाउन सकिन्छ', भण्डारीले भने। १२ देशका यस्ता २३ वटा क्षेत्र पहिचान भएका छन र तीमध्ये तीनवटा नेपालमा पर्छन्। पहिचान भएका अन्य दुई संरक्षण क्षेत्रमा मनास्लुदेखि धौलागिरि हिमाल र धौलागिरिदेखि अपिनम्पा हिमालबीचको भूभाग पर्छ।

पूर्वको कञ्चनजंघादेखि लाङटाङबीचको भूभाग चितुवा संरक्षणमा दुईवटा कारणले बढी महŒवपूर्ण हुने भण्डारीले बताए। उनका अनुसार यसअघि यस क्षेत्रमा रेडियोकलर गरेर छाडेको चितुवा चिन, भारत र नेपालमा विचरण गरेकाले यसले यी देशबीचको अन्तरदेशीय सम्बन्धमा समेत सकारात्मक भूमिका खेल्न सक्छ। यसको बासस्थान सीमित घेरामा नहुने भएकाले भूदृश्य अवधारणामा अघि बढ्न विश्व समुदायलाई सन्देश पनि दिएको छ।

मन्त्री भण्डारीले बैठक राष्ट्रिय प्रतिष्ठास“ग जोडिएकाले सफल पार्न सबैलाई आग्रह गरे। 'यो एउटा वन मन्त्रालयको विषयमात्र होइन, यो देशकै प्रतिष्ठास“ग जोडिएको छ। वन र वन्यजन्तुको संरक्षणमा अहिलेसम्म जति उपलब्धि हासिल गरेका छौं त्यसलाई जोगाएर थप नया“ काम गर्ने अवसर पनि हो', उनले भने।

बैठक आयोजक समिति सदस्य डा. महेश्वर ढकालले नेपाललाई हिउ“ चितुवा संरक्षणको नमुना मुलुकका रुपमा स्थापित गर्न सकिने बताए। 'अहिले नेपालमा हामीले ३ सय देखि ५ सयको हाराहारीमा हिउ“ चितुवा भएको अनुमान हामीले गरिरहेका छौं। आगामी दिनमा यसलाई अनुमानमा सीमित गर्न चाहन्नौं। यसको संरक्षणसँगै वास्तविक तथ्यांक र अवस्था अध्ययनमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्य राखेका छौं', उनले हिउ“ चितुवाको महŒव र बैठकको आवश्यकताबारे कार्यक्रम प्रस्तुत गर्र्दै भने।

ढकालका अनुसार बैठकमा हिउ“ चितुवाको बासस्थान, आहार, प्रजाति, मानव र हिउँ चितुवोबीच बढिरहेको कलह, संरक्षणमा जलवायु परिवर्तनले पारेको असर, भूदृश्य संरक्षणबारे बृहत छलफल हुनेछ। 'बैठकपछि काठमाडौं घोषणपत्र पनि जारी हुनेछ', उनले भने। हिउँ चितुवा व्यवस्थापन योजनाका लागि स्रोत परिचालन रणनीति पहिचान, हिउ“ चितुवासम्बन्धी अनुसन्धान र अनुगमन साथै भूदृश्यस्तरमा सहभागितामूलक संरक्षण हेतु क्षमता अभिवृद्धिका लागि संयुक्त रणनीति विकास गर्ने र हिउ“ चितुवाको अवैध चोरी सिकार तथा व्यापारसम्बन्धी बृहत्तर ज्ञान हासिल गर्नु कार्यशाला र बैठकको मुख्य उद्देश्य हो।

उनका अनुसार माघ ४ र ५ गते हिउ“ चितुवा संरक्षणसम्बन्धी कार्यशाला गोष्ठी हुनेछ। ७ गते विश्व हिउ“ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम कार्यकारी समितिको बैठक हुनेछ। 'पछिल्लो बैठकमा हिउ“ चितुवा पाइने देशका वन तथा वातावरण मन्त्री वा ती देशले तोकेका प्रतिनिधि सहभागी हुनेछन्', ढकालले भने।

नेपालमा पहिलोपटक हुन लागेको यो बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्। दुई दिने कार्यशालामा पनि १२ देशका करिब ७० विज्ञ र संरक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन्।

हिउ“ चितुवा उच्च हिमाली क्षेत्रको स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक मानिन्छ। यसको संख्या विश्वमा ३ हजार २० देखि ५ हजार ३ सय ९० सम्म रहेको अनुमान छ। यसको बासस्थानले १७ लाख ७६ हजार वर्गकिलोमिटर ओगटेको छ। 'यो वन्यजन्तु लोपोन्मुख अवस्थामा छ', ढकालले भने। यसलाई विश्व संरक्षण संघ (आइयुसिएन) ले अनुसूची  १ मा लोपोन्मुख वन्यजन्तु सूचीमा राखेको छ।

यो वन्यजन्तु अफगानिस्तान, भुटान, चीन, भारत, काजकस्तान, मंगोलिया, नेपाल, पाकिस्तान, रसिया, ताजकस्तान, किर्गिजस्तान र उज्जेकिस्तानमा पाइन्छ। सबै देशका उच्च हिमाली भेग (३ हजारदेखि चार हजार पा“च सय मिटर) उचाइमा  हिउँ चितुवा पाइन्छ। सबैभन्दा बढी दुई हजारदेखि पच्चीस सय हिउँ चितुवा चीनमा रहेको अनुमान छ।

प्रकाशित: २८ पुस २०७३ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App