१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

फ्रान्सको लक डाउन अनुभव

प्रशान्त उप्रेती 
फ्रान्सले कोरोना भाइरस महामारी रोकथामको लागि कडा कदम चालेको छ। सबै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ। अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन, स्वतन्त्र आवागमनमा प्रतिबन्ध लागु गर्न १ लाख   प्रहरी अनि सेना परिचालन गरेको छ। दण्ड, जरिवाना, आवेदनपत्र भरेर, कारण खुलाएरमात्र बाहिर निस्कन दिने नियम लागु गरेको छ। अन्य छिमेकी मुलुकसँगका सीमा नाका बन्द गरेको छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री पूर्ति गर्नेबाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। बाहिर ननिस्कन, पारिवारिक जमघट, विवाह, पार्टी, भोज, सांगीतिक, खेलकुद प्रतियोगिता, राजनीतिक सभा/सम्मेलन जस्ता क्रियाकलापमा प्रतिबन्ध लगाएको छ।

सुपर मार्केट, फार्मेसी र काम गर्ने ठाउँहरूमा मात्र यात्रा अनुमति दिइएको छ भने सम्भव भएसम्म सबै कामदारलाई घरबाटै काम गर्न भनिएको छ।  साँझ ७ बजेको थियो। राष्ट्रपति इमानुएल माख्रोले संवोधनमार्फत एकाएक  रातको १२ बजेबाट लागु हुने गरी सबै पब, क्लब, रेस्टुरेन्ट र मनोरञ्जन केन्द्रहरू बन्द गर्न आदेश दिए। उनले देश र जनता खतरामा परेका संकेत पनि गरे। उनले स्पष्टरूपमा यी कष्टकर घटना भएका तर सबैभन्दा खराब समयले पनि मानिसमा राम्रो परिणाम ल्याउँछ भन्ने सन्देश दिएका थिए। मार्च १७ अर्थात् चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षकी एक किशोरी यात्रुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि कोरोना बहस नेपालमा तातेको थियो। यो बीचमा त्यो विमानबाट आउने सबै यात्रुलाई कोरोना भाइरस लागेको जस्तो गरेर प्रचार गरियो बिनाजाँच। जसले एउटा त्रासदीपूर्ण वातावरण सिर्जना भएको थियो।

हो, त्यही विमानमा आउनेहरूलाई पनि संक्रमण हुने सम्भावना त हुन्छ विज्ञहरुका अनुसार तर सबै यात्रुलाई संक्रमण हुन्छ नै भन्ने ग्यारेन्टीचाहिँ हुन्न। त्यसमाथि बिहान साँढे १० बजे नेपाल उत्रेकी थिइन् ती किशोरी। तर सञ्चारमाध्यम र सोसल मिडियामा क्युआर ६५० कोडको कतार एयरवेजको विमानबाट आएको भनेर पनि लेखिए। जबकि त्यो विमान त्यो दिन रातिमात्र अवतरण गरेको थियो। ती किशोरी आएको विमान क्युआर ६५२ थियो। जुन खबरहरू आफैँमा हाँस्यास्पदमात्र बने। त्यसैले संकटका बेला एउटामात्र गलत समाचार सार्वजनिक हुँदा पनि धेरै पीडा आइलाग्ने महसुस भएको छ। कोरोना भाइरसको महामारीका कारण आक्रान्त फ्रान्समा रहेका नेपाली हालसम्म संक्रमणबाट जोगिए पनि उनीहरू स्थिति कहिले सामान्य होला भन्ने व्यग्र प्रतीक्षामा चाहिँ छन्। श्रम र अध्ययनका लागि करिब ५–६  हजारको संख्यामा यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको संक्रमण देखिएको छैन।

श्रम र अध्ययनका लागि करिब ५–६ हजारको संख्यामा यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको संक्रमण देखिएको छैन। तापनि फ्रान्सले लागु गरेको राष्ट्रिय संकटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरूमा छटपटी भने बढेको छ।

तापनि फ्रान्सले लागु गरेको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरूमा छटपटी भने बढेको छ। विद्यार्थीको पढाइ भने घरबाटै सुचारु छ। आर्थिक खडेरीको चिन्ताचाहिँ फ्रान्सबासी सम्पूर्ण नेपालीमा देखिन्छ। यहाँ व्यवसाय गर्ने अधिकांश नेपालीको व्यवसाय बन्द रहेकाले यस्तो चिन्ता देखिनु स्वाभाविक पनि हो। संकटको घडीमा चुस्त अनि प्रभावकारी सरकार हुनुपर्ने र नेता, मन्त्रीहरू जनताप्रति जवाफदेही हुनुपर्ने रहेछ भन्ने महसुस भएको छ। छिमेकी मुलुक  चीनबाट नेपाली विद्यार्थीलाई झण्डावाल विमानले स्वदेश ल्याउँदा लागेको खुसी भारतबाट फर्किनेको हकमा लागु हुन नसक्दा खोसिएको छ। त्यसैले पनि विवेकी र दूरदर्शी नेताहरूको अभाव खड्किएको छ। प्रहरी तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध नगराइनु, प्रहरीले लक डाउन उल्लंघन गर्नेलाई सम्झाइबुझाइ गर्नुको साटो कुटपिट गर्नु जस्ता घटनाले नेपालमा परिपक्व नेतृत्व नभएको स्थिति प्रस्ट्याउँछ। यस्ता घटना यहाँ भने देख्न/सुन्न परेको छैन। युरोपले भने यस महामारीलाई गलत आँकलन गरेको देखिन्छ।

स्वास्थ्य सेवामा दिने बजेट कटौती गरेर आलोचना खेपिरहेको फ्रेन्च सरकार आफ्नो निर्णय उल्टाउने प्रतिबद्धता गर्न यो हप्ता मात्र बाध्य भएको छ। मास्क, पन्जा, स्यानिटाइजÞर्सको पर्याप्त सञ्चय समेत नभएको देखिन्छ। यस्ता सामग्रीमा युरोपियन मुलुकहरू पनि चीनसँग निर्भर रहेका देखिन्छन्। जुन आफैँमा अचम्मित समाचार हुन सक्छ। यस अर्थमा महामारीका बेला सबै देशको ताल उस्तै हुने रहेछ भन्ने प्रस्टिन्छ। सरकारले विभिन्न किसिमका राहत घोषणा गरेको छ। कर्मचारीलाई साबिक तलबको ८० प्रतिशत दिने, बिजुली, पानी, टेलिफोनका बिल निःशुल्क बनाउने जस्ता योजना अघि बढाएको छ। स्वास्थ्य समस्या देखिएमा भने निःशुल्क उपचारको व्यवस्था मिलाएको छ। साथै व्यवसाय  बन्दबाट प्रभावित भएकालाई निब्र्याजी दरमा अन्तिम ३ महिनाको व्यापार बराबरको रकम उपलब्ध गराउने भएको छ। केही घोषणा कार्यान्वयनमा आइसकेका छन् भने केहीचाहिँ लागु हुँदैछन्।

लक डाउनका सुरुवाती दिनमा सुपर मार्केटहरूमा भिडभाड देखिए पनि अहिले भने वातावरण सामान्य बनेको छ। कालो बजारी रोक्न प्रहरी अनि सरकारी निकायले निगरानी बढाइरहेका छन्। मास्क, पन्जा, स्यानिटाइजरबाहेक अन्य सामान सहजरूपमा किन्न सकिन्छ। किराना पसल, मासु पसल, पेट्रोल पम्प र फार्मेसी नियमितरूपमा खुलिरहेका छन्। इन्टरनेट साइटमा महँगो दरमा बेच्न राखिएका मास्कहरूबारे प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। समग्रमा कोरोना संक्रमणको त्रासबाहेक अरु समस्या देखिएको छैन। १४ दिनदेखि घरमै लक डाउनमा बस्नुपरे पनि कुनै गुनासो छैन। सरकारले भर्खरै थपेको १५ दिने लक डाउन पनि सामना नगरी सुखै छैन। फ्रान्समा संक्रामक कोरोना भाइरसका कारण यी पंक्ति लेख्दासम्म ३५ सय २३ जनाको निधन भइसकेको छ। ५२ हजार १२८  जनाभन्दा संक्रमित भएका अनुमान छ। जसमध्ये १० हजार जनाभन्दा बढी बिरामीको सघन कक्षमा उपचार भइरहेको छ।

फ्रान्सका नागरिक घरभित्रै पुस्तक पढ्ने, गीत/संगीत सुन्ने, समाचार सुन्ने, घर मर्मत/सम्भार गर्ने जस्ता क्रियाकलाप गरेर कोरोनाको सामना गरिरहेका भेटिन्छन्।

पेरिसमा रहेका नेपाली भने कोरोना भाइरसबाट पूर्णतः सुरक्षित देखिएका छन् अहिलेसम्म। यसको एउटा कारण सावधानीका उपाय अपनाउनु पनि हो। फ्रान्सको इल द फ्रान्स, ओभेर्न रोन आल्पका साथै बुरगोन फ्रान्स कोम्ते क्षेत्र ज्यादा प्रभावित छ कोरोनाबाट। महामारीको प्रकृति हेर्दा सरकार भन्दा पनि जनता नै बढी अनुशासित हुनुपर्ने देखिएको छ। सामाजिक सञ्जालमा देखिएका अवज्ञाले आफूमात्र नभई सिंगो देशलाई नै खतरा हुने कुरा जनताले कहिले बुझ्ने होला भन्ने लाग्छ। धेरै फ्रान्सेली जनता राजधानी छाडेर संक्रमण नभएको क्षेत्रतिर लागेका छन् कोरोनाबाट बच्न। फ्रान्सका नागरिक घरभित्रै पुस्तक पढ्ने, गीत/संगीत सुन्ने, समाचार सुन्ने, घर मर्मत÷सम्भार गर्ने जस्ता क्रियाकलाप गरेर कोरोनाको सामना गरिरहेका भेटिन्छन्। महामारी नियन्त्रणमा लागिपरेका स्वास्थ्यकर्मीहरूको  कामप्रति प्रशंसा गर्न अनि हौसला प्रदान गर्न हरेक रात साँझ ८ बजे देशैभरि झ्यालबाट ताली बजाउने चलन बसालिएको छ।

विश्वप्रसिद्ध आइफल टावरमा पनि विशेष किसिमको सन्देश अनि बत्ति बालिएको छ। यसैबीच फ्रान्स सरकारले सम्पूर्ण नागरिकलाई नआत्तिन र घरबाट ननिस्कन भनिरहेको छ। त्यसैगरी नेपाली राजदूतावास पेरिसले पनि यो संकटलाई मध्यनजर गरी एउटा विशेष टेलिफोन नम्बरको व्यवस्था गरेको छ। गैरआवासीय नेपाली संघ फ्रान्सले यसको चपेटामा परेका नेपालीलाई राहत वितरण तीव्र पारेको छ। विशेषगरी नवआगन्तुक विद्यार्थी अनि अन्य देश हुँदै यहाँ आइपुगेका नेपालीप्रति केन्द्रित छ राहत। अन्य संघ/संस्थाले पनि गर्दै राहत बाँड्ने योजना अघि सारिरहेका छन्। एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले आपत्को घडीमा एकजुट रहन र सुरक्षित हुन सबै नेपालीलाई आग्रह गरेका छन्। अहिलेको समस्याले यहाँका नेपाली व्यवसायी अन्योलमा परेका रेस्टुरेन्ट व्यवसायी एवं प्रवासी नेपाली एकता मञ्च फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्लेको भनाइ छ। अब नेपाली व्यवसायीहरू एकजुट भएर समस्याको निकासबारे सल्लाह गरिने पनि उनले बताएका छन्।

महामारी व्यवस्थापन, सहज खाद्यान्न आपूर्ति, महामारीबाट पीडित नागरिकको उपचार अनि सीमामा अलपत्र नागरिकको स्वदेश फिर्तीको वातावरण मिलाउने जिम्मेवारी सरकारको हो। फ्रान्स जस्तै नेपालले पनि यसतर्फ पहलकदमी लिनुपर्छ।लक डाउनका कारण नेपालका विभिन्न स्थानमा फसेका फ्रेन्च पर्यटकको उद्धार गरिएको थियो। फ्रान्सले केही दिनअघि मात्र नेपालमा अलपत्र आफ्ना नागरिक फिर्ता लगेको  हो। यसका लागि देशका विभिन्न भागबाट फ्रान्सेली तथा अन्य युरोपियन पर्यटकलाई काठमाडौँ ल्याइएको थियो। पोखरा, लुक्ला तथा अन्य ट्रेकिङ रुटबाट जहाज चार्टर्ड गरी उनीहरूलाई काठमाडौँ ल्याइएको थियो। नेपालस्थित फ्रेन्च दूतावासको पहलमा काठमाडौँमा जम्मा भएका उनीहरूलाई लिन फ्रान्स सरकारले विमान नै पठाएको थियो। नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको भए पनि उद्धार र एयर एम्बुलेन्सलाई भने जतिसुकै बेला पनि अवतरणको अनुमति दिनुपर्ने भएकाले दिएको थियो।

सोहीअनुसार फ्रेन्च दूतावासले नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरी कतार एयरलाइन्सको विमानमा आफ्ना नागरिक ल्याएको हो। अरु देशले आफ्ना मुलुकका नागरिक लगेको देख्दा पनि हाम्रा सीमामा आइपुगेका नागरिक देशभित्र छिर्ने वातावरण नबन्दा भने दुःख लागेको छ। चीनमा रोगको महामारी फैलिँदा अमेरिका, युरोपलगायत देशले यसलाई सामान्य रूपमा लिएर बसे। त्यही कारण नै आज समस्याले विकराल रूप लिएको छ। चीनले यसबीचमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर महामारीलाई नियन्त्रणमा लिन सफल भयो। यसका लागि चिनिया सरकारको मुक्त कण्ठले प्रशंसा गरिरहेको विश्वले नै। प्रजातन्त्र नभएको देश भनेर अमेरिका अनि पश्चिमा देशहरूले व्यंग्य गरिरहँदा पनि यस्तो गम्भीर महामारी पूर्णरूपमा नियन्त्रण गर्न सफल भएपछि चीनविरुद्ध धेरैका बोली बन्द भएको छ। अनावश्यक दोषारोपणमा धेरै समय खर्चेको  अमेरिका पनि यही मार्गमा देखिएको छ। 

प्रकाशित: २० चैत्र २०७६ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App