१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पराराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

काठमाडौं- कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज त्यहाँका अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गरेका छन्। सो भेटका क्रममा उनले कतारमा रहेका साढे तीन लाख भन्दा ठूलो संख्याका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाएका थिए।

मन्त्री डा महतले गरेका वार्ताका क्रममा नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै उनले समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने, मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने, नेपालमा एक पोलिटेक्निकको स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने तथा नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्ने विषयमा कुराकानी र समझ्दारीहरु भएको थियो।

नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावको आधारमा नेपालमा कतारले लगानी गर्नुका साथै द्विपक्षीय सम्बन्धका क्षेत्रको विस्तारका सम्भावनाहरुको पहिचान गर्ने बारेमा छलफल भएको महतको सचिवालयले जनाएको छ।

त्यस अवसरमा मन्त्री डा महतले नेपाल र कतारका बीचको सम्बन्ध केवल श्रमिक पठाउने देशका रुपमा मात्र नभएर द्विपक्षीय अन्य विषय र नेपालमा कतारले लगानी गर्ने बारेमा आग्रह गरेका थिए।

द्विप्रक्षीय बैठकहरुमा परराष्ट्र सचिव शंकरदास बैरागी, कतारका लागि नेपाली कार्यबाहक राजदूत मणिरत्न शर्मा, परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका कौशलकिशोर राय पनि सहभागीता थियो।

प्रकाशित: २७ पुस २०७३ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App