१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको त्रासले सडक बन्द, टोल प्रवेश निषेध

ओखलढुंगा– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण ओखलढुंगामा स्थानीयले सडक बन्द गरेका छन्। मोलुङ गाउँपालिका–१ कुन्तादेवीका स्थानीयले मुख्य सडकमै बार लगाएर बन्द गरेका हुन्।

बरबोट–मान्द्रेदोभान सडकखण्डको जिरोप्वइन्टमा बाँसको भाटाले बीच सडकमा बार लगाएर सडक बन्द गरिएको स्थानीय सञ्जय खत्रीले बताए। खत्रीका अनुसार अत्यावश्यक सवारी बाहेक अन्य सवारीलाई स्थानीयले गाउँ छिर्न दिएका छैनन्।

लकडाउन अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम गाउँमा नरोकिएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको स्थानीयले जनाएका छन्।

सडक छेक्न लगाइएको बारमै कोरोनाबाट बच्ने उपाय लगायतका सन्देश लेखेर टाँसेका छन्। कोरोना रोग फैलिन नदिनका लागि नेपाल सरकारले चालेको कदमलाई सहयोग पु¥याउदै गाउँमा यो रोग फैलिन नदिनका लागि सडक बन्द गरेर अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको वडा अध्यक्ष प्रदिप बानियाले जनाएका छन्।

यसका साथै मानेभञ्ज्याङ्ग गाउँपालिका–५ ब्ल्याङ्खा टोलका स्थानीयले आफ्नो टोल प्रवेशमा रोक लगाएका छन्। कोरोना भाइरसबाट आफू बच्न र अरुलाई पनि बचाउने उद्देश्यले टोलमा प्रवेश निषेधको घोषणा गरेका हुन्।

नेपाल सरकारले घोषणा गरेको लकडाउन समय अवधिभर नयाँ तथा अन्य गाउँका मानिसहरुलाई सूचना टाँस गरेर आफ्नो टोलमा प्रवेश गर्न अनुरोध गरेका हुन्। सूचनाको अवज्ञा गरी टोल प्रवेश गर्नेलाई समूहबाट कारबाही गर्ने चेतावनी समेत दिएका छन्। कोरोनाबाट ब्ल्याङ्खाटोल लाई सुरक्षित राख्न यहाँका स्थानीयले यस्तो कदम चालेको वडा अध्यक्ष रामकुमार राईले बताए।

प्रकाशित: १९ चैत्र २०७६ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App