१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोराेनाविरुद्ध बैतडीमा किटनाशक औषधि छर्किदैं

गोठालापानी बजारमा किटनाशक विषादी छर्किदै । तस्बिरः बिरा/नागरिक

बैतडी- कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कने अभियान सुरु भएको छ। दशरथचन्द नगरपालिकाको समन्वयमा सदरमुकामस्थित गडी, गोठलापानी, शाहीलेक बजारमा औषधि छर्किएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको पहलमा सुुरु भएको अभियान अन्तर्गत जिल्लाका भिडभाड हुने सबै स्थानमा किटनाशक औषधि छर्किने बताइएको छ।

दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले औषधि छर्किएको हो। लगायतका बजार किटनाशक औषधि छर्किएको बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए। बजार क्षेत्रका चहल पहल बढी हुने सदरमुकाम बाहिरका देहीमाण्डौ, सतबाँज, पाटन, खोडपे लगायतका बजार क्षेत्र र भिडभाड बढी हुने खुला क्षेत्रमा कोरोना भाइरसको जोखिम कम गर्न किटनाशक औषधि छर्किने कार्य गरिने प्रजिअ पौडेलले बताए।

आवतजावत र फोहरका कारण भाइरस फैलिएको हुन सक्ने र जसका कारण संक्रमण फैलिने जोखिम हुँदा पूर्व सतर्कताका लागि औषधि छर्किएको बताइएको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको लकडाउन अभियानमा सघाउन पनि औषधिले काम गर्ने भएको छ। औषधि छर्किएको स्थानमा सहज आवतजावत, बसाइ गर्न नमिल्ने गरि सचेत गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


                                               

 

प्रकाशित: १८ चैत्र २०७६ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App