१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मुख्यमन्त्री आफै पुगे उपकरण र औषधि लिएर डोल्पा

डोल्पा- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आफै औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन्। नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णालीको डोल्पा अस्पतालमा सबै भन्दा पहिला उपकरण र औषधि पुर्‍याइएको हो।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले डोल्पा जिल्ला अस्पताल पुगेर औषधि र उपरकण हस्तान्तरण गरेका छन्।

हेलिकप्टरबाट सर्जिकल मास्क २ हजार, पीपीई ६० थान, लुज ग्लोब्स एक हजार, एननाइन्टी मास्क २५ थान, पारा सिटामोल ५ हजार ट्याब्लेट्स, साधारण मास्क एक हजार थान, गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान, सेनिटाइजर दुई बोतल, क्यानुला २४ नम्बरकोे २१ थान २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय ट्याब्लेट्स स्वास्थ्य सेवा कार्यालयले बुभेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी देबबहादुर बिसिले नागरिकलाई बताए।

यसैबीच आइसोलेसनमा राखिएका दुई जना बिरामीको स्वाब परीक्षणको लागि सुर्खेत लगिएको छ। बिरामी सामान्य भएकाले नआत्तिन भन्दै परीक्षणको लािग नमुना सुर्खेत लगिएको हो।

करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुसँग बसेको मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावले अस्पतालको निरीक्षण गर्नुका साथै तत्तकाल व्यवस्थापन प्रभावकारी बनाउन सबैलाई निर्देशन दिएका छन्।

सोमबार आइसोलेसनमा राखिएका बिरामीहरुलाई भेटेका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लाजमर्दो आइसोलेसन भएकोले तत्तकाल बाहिर घर भाडामा लिएर भरपर्दो कम्तीमा पनि ३० सैयाको आइसोलेसन निर्माण गर्न निर्देशन दिएका छन्।

उपकरण र औषधि हस्तान्तरण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने यो समय काम गर्ने बेला हो, पैसा छैन भनेर टार्न पाइदैन प्रदेश सरकारले चाहिने पैसा पचास लाख जिल्ला प्रशासन र २५ लाख जिल्ला अस्पतालमा पठाएको छ खर्च गर्नुस् नपुगे सरकारले दिन्छ भन्दै मुख्यमन्त्री शाही आक्रोसित बनेका थिए।

काम नगर्ने कमचारीलाई बिकल्प खोज्ने भन्दै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लाग्नुपर्ने बताए। ब्यङग्य गर्दै शाहीले भने जनप्रतिनिधि कुन दुलामा छन् भोट माग्दा मात्रै निस्कने कि बिपद्को बेलामा पनि जनताको काममा लाग्ने भन्दै जनप्रतिनिधिले सबैभन्दा धेरै काम गर्नुपर्ने उनको भनाई थियो।
 

प्रकाशित: १८ चैत्र २०७६ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App