१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सांसद र सिडिओले बुझे राहत सामग्री

राहत सामग्री हस्तान्तरण गर्दे पन्त ।

बर्दिया- स्थानीय सुरेश पन्थले उपलब्ध गराएको राहात सामग्री (मास्क, सेनिटाइजर र पन्जा) सांसद र सिडिओले बुझेका छन्।

पन्तले उपलब्ध गराएको १ हजार ७ सय थान मास्क, १० लिटर सेनिटाइजर र दश हजार थान पन्जा प्रदेश सांसद राजेश थारु, जिल्ला बिपद् व्यबस्थापन समितिका संयोजक प्रजिअ प्रमेलाल लामिछाने, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, मधुवनका प्रमुख कृष्ण केसी र ठाकुरबाबाक उपप्रमुख कृष्णकुश्मा थारुले बुझेका हुन्।

विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराइरहेका बेला युवा व्यवसायी पन्तले उपलब्ध गराएको राहत सामग्री वितरण अनुकरणीय काम भएको प्रदेश सांसद राजेश थारुले बताए। जिल्लाका ८ वटा स्थानीय तहमा थप सामग्री जनप्रतिनिधि मार्फत राहत सामग्री उपलब्ध गराउने पन्तले जानकारी दिए।
 

प्रकाशित: १८ चैत्र २०७६ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App