१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डोल्पामा कोरोना आशंकामा दुई जना आइसोलेसनमा

डोल्पा- कोरोना आशंकामा डोल्पामा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका दुई कर्मचारीलाई जिल्ला अस्पतालमा स्थापना गरिएको ४ बेडको आइसोलेसनमा भर्ना गरिएको हो।

उच्च ज्वरो आएको उनीहरुमा देखिएका लक्षणहरु कोरोनासंग मिल्दोजुल्दो भएपछि अस्पतालको आइसोलेसनमा राखिएको डाक्टर सिजन रावलले बताए। डाक्टर रावलले भने ज्वरो खोकी आँखा दुख्ने नाकबाट पानी बग्ने जस्ता लक्षण देखिएपछि आइसोलेसनमा राखिएको हो।

आइसोलेसनमा राखिएका कर्मचारी देशभर लकडाउन हुनु भन्दा एक दिन अगाडि नेपालगन्जबाट डोल्पा आएका थिए। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आइसोलेसनमा भर्ना गरिएका विरामी कर्मचारीहरुको स्वाब संकलन गरेर प्रदेशमा पठाउने तयारीमा रहेको र अवस्था हालसम्म नटिल नभएको चिकित्सकले आफूलाई जानकारी दिएको पनि सुनारले बताए। लक्षण शंकास्पद भएकाले नमुना परीक्षण नगरी यही नै रोग हो भनेर भन्न सकिदैन अस्पतालका डाक्टर सिजन रावलले भने।

उनले भने, 'आइसोलेसन मापदण्ड अनुरुपको नभएपनि सुरक्षित चेकजाँच नै गरिने छ।' यत्तिखेर डोल्पाका विभिन्न क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइनमा ८७ जनालाई राखिएको भएपनि आइसोलेसनमा बस्ने दुई कर्मचारी पहिलो विरामी हुन्।
 

प्रकाशित: १८ चैत्र २०७६ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App