१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालमा मृत्यु हुने दुवै जनामा कोरोना देखिएन

काठमाडौं- वीर अस्पतालमा मृत्यु भएका दुई जनालाई कोरोना नभएको देखिएको छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाको वीर अस्पतालको आइसियुमा मृत्यु भएको थियो भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको थियो। उनीहरुलाई कोरोना भएको शंका गरिएको थियो। वीर अस्पताल  स्रोतका अनुसार दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो। कोरोना उपचार टिमका एक चिकित्सकले भने, 'टेकु ल्यावले उनीहरुमा नेगेटिभ आएको रिपोर्ट दिएको छ।'

नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो। यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन्य समस्या नभएको अस्पताल स्रोतले जनाएको छ।

सोमबार मृत्यु भएका ३५ वर्षीय युवकमा पनि श्वास फर्ने र ज्वरोको समस्या थियो। उनको अस्पतालमा ल्याउने वित्तिकै मृत्यु भएको हो। उनमा पनि यसअघि श्वास–प्रश्वासको समस्या नभएको अस्पताल स्रोतले जनाएको छ।

 

प्रकाशित: १८ चैत्र २०७६ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App