१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइसोलेसनमा सयजना

काठमाडौं - कोरोना भाइरस संक्रमण आशंकामा अहिले काठमाडौंसहित देशभरिका विभिन्न अस्पतालमा  एक सयजना भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न प्रदेशस्थित अस्पतालमा ९३ तथा काठमाडौं उपत्यकामा  टेकुस्थित शुक्रराज अस्पतालमा चार र पाटन अस्पतालमा तीनजना भर्ना भएको  जानकारी सोमबार मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका हुन्।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाका ७६  वटा नमुना परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

हालसम्म ९९३ जनाको नमुना परीक्षण भएकोमा पाँचजनामा मात्र कोरोना पुष्टि भएको छ। जसमध्ये एक निको भइसकेको र चारजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बुटबलस्थित कोरोना अस्पतालमा आइतबार मृत्यु भएका ३४ वर्षीय युवकमा कोरोना संक्रमण नभएको नमुना परीक्षणबाट पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

वीर अस्पतालमा आइतबार मृत्यु भएका दुईजनाको नमुना परीक्षणका लागि पठाइएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। उनीहरूमा कोरोना संक्रमण भएनभएको यकिन हुन नमुना परीक्षण गर्न पठाइएको हो।
 
त्यस्तै सोमबार पाटन अस्पतालमा मृत्यु भएका एक व्यक्ति कोरानाका नभएर मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ। यसैबीच कोरोना पोजिटिभ देखिएका व्यक्तिहरूसँगको सम्पर्कमा आएका केही मानिसको नमुना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको  छ। 

प्रदेश–प्रदेशमा स्वास्थ्य सामग्री 
काठमाडौं, चैत १७ (नागरिक)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइएका स्वास्थ्य सामग्री विभिन्न प्रदेशमा पठाएको छ। मन्त्रालयले प्रत्येक प्रदेशलाई एक हजार थान पिपिई, १० हजार थान सर्जिलक मास्क, २ हजार थान हातमा ग्लोब्स र एक हजार थान एन–९५ मास्क, थर्मोमिटर पठाएको जनाएको छ। मन्त्रालयले नेपाली सेनाको स्काई ट्रकमार्फत प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ। अन्य प्रदेशमा  स्थलमार्गबाट पठाइएको हो। किटसहितका केही सामग्री अझै पठाउन बाँकी छ।

मन्त्रालयका अनुसार कोरोना नमुना परीक्षणका लागि ल्याइएका उपकरण सुर्खेत, धनगढी, बुटवल र जनकपुरमा पठाइएको छ। अब ती स्थानबाट छिट्टै नमुना परीक्षण सुरु हुनेछ। बिपी कोइराला अस्पताल धरानमा नमुना परीक्षण सुरु भइसकेको छ। 

मन्त्रालयले विभिन्न देशबाट नेपाल आएका ४१ हजार १ सय ४० जनाको सूची तयार पारेको जानकारी गराएको छ। मन्त्रालयले यस कार्यला
जारी राख्ने र ती मानिसलाई निगरानीमा राख्ने जनाएको छ।  आवश्यकता अनुसार उनीहरुको नमुना संकलन गरेर परीक्षण गरिनेछ।

‘सबैलाई कोरोना नभनौं’ 
मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेको छ। गाउँघरमा कसैको मृत्यु भए कोरोनाकै कारण भन्दै मलामीसमेत नजाने अवस्था आएको उल्लेख गर्दै  मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सोमबार मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो म¥यो, त्यो कोरोनाले म¥यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ। त्यो दुखद  हो।’

प्रकाशित: १८ चैत्र २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App