१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खैत नियम पालना ?

डुक्पा छिरिङ मोक्तान

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) लाई मध्य नजर गर्दै सरकारले देशभर लडकडाउन गरेको छ। सरकाले लकडाउन गरेको नियम उल्लङघन गर्नेलाई पनि पक्राउ गर्दै आएको छ। तर जोरपाटीमा रहेको विश्रान्ती तरकारी बजारमा कोरोना भाइरबाट जोगिनका लागि ३ फिटको फरकमा गोलो घेरा बनाइएको छ।

तर आइतबार बेलुका तरकारी किन्न आउनेहरु भने आ–आफ्नै तालमा सामान किन मोल गर्दै थिए। तरकारी बजारको मुख्य गेटमा सेनिटाइजरी प्रयोग गरेर मात्र भित्र प्रवेश गर्न पाउँछन्। तरकारी व्यवस्थापनका कर्मचारी भने गोलो घेरोमा बसेर सामान किन्न एता उती कराई रहेको थिय। तर उनको कसैले पनि सुनेनन् सबै जना आ–आफ्नै तालमा सामान किन्दै थिए। तर तरकारी किन्न आएकी एक महिलाले भनिन्, 'हामीलाई ढिला भईसक्यो के को नियम न सियम।' प्रहरीले पनि सबैलाई गोलो घेरमा बसेर सामान किन्न आग्रह गर्दै थिए। तर कसैले पनि प्रहरीले भनेको कुरा सुनेनन्।

सरकारले अति आवश्यक बाहेक सामान किन्न वा बाहिर निस्किन बन्देज गरेको छ। बिहान र बेलुकीको समयमा तरकारी बजारमा भने भिड घटेको छैन। बिहान बेलुका तरकारी किन्नेको भिडले जोखिम बढ्ने भन्दै तरकारी व्यापारीले सामान किन्दा ३ फिटको दुरी कायम हुने गरी ग्राहक उभिने ठाउँ बनाइदिएका छन्। तर सर्वसाधरणले भने ३ फिट गोलो घेरोमा कुनै पनि मलब गरेको छैनन्।

बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म तरकारी बजर खुला गरेको जोरपटी विश्रानती तरकारी बजार व्यवस्थापन एक कर्मचारीले बताए। हमीले सामान किन्न आएको ग्रहकलाई विना मास्क र सेनेटाइजर प्रयोग भित्र प्रवेश निषेध गरेको उनले बताए।

यहाँ बिहान बेलुकी पाँच जना प्रहरीले निगरानी गरेको छ। दैनिक चार, पाँच सय भन्दा बढी तरकारी किन्ने मानिसहरु आउने गरेको तरकारी बजारमा प्रहरी गोपाल परियाले बताए। जति भन्दा पनि मान्दैनन्। उनले भने, ‘यस्तो नियम उल्लङघन गर्नेलाई घाममा दुई घण्टा उभ्याएर राख्ने गरेको छ।  सबै आ–आफ्नो तालमा सामान किन्ने गर्छन्।’

 

प्रकाशित: १७ चैत्र २०७६ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App