१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लाका चार जना बिरामीको ‘स्वाब’काठमाडौ पठाइयो

जुम्ला- जुम्लामा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परीक्षणका लागि ‘स्वाब’ काठमाडौं पठाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चार जनाको ‘स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।

‘उच्च ज्वारो आएका चार जना बिरामीको स्वाब संकलन भएको थियो’उनले भने, ‘आज  नै एम्बुलेन्सबाट स्वाब नेपालगन्ज पठाइसक्यौँ।’ मंगलबार नेपालगन्जमा काठमाडौंदेखि जहाज नमुना लिन आउने भएकाले प्रतिष्ठानले तत्कालका लागि चार जनाको नमुना स्वाब पठाएको हो।

कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ। जुम्लामै कोरोनाको नमुना परीक्षण केन्द्र बनाउन पहल गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए।

‘जुम्लामा भारतबाट आएकाहरुको संख्या अधिक छ। निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन्। धेरै जनाको कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ। अहिले हामीसँग स्वाब संकलन गर्ने भिटिएम १० पिस मात्रै छ। ४ जनाको नमुना परीक्षणका लागि आजै स्वाब संकलन गरि नेपालगन्ज पठाएका छौँ। अब ६ वटा मात्रै नमुना संकलन गर्ने किट छ। जुम्लालाई नमुना परीक्षण अस्पताल बनाउन जरुरी छ,’ उनले भने।

जुम्लाका सबै स्थानीय तहले क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रतिष्ठानमा एक सय २० वेडको आइसोलेसन वाड तयार गरिएको छ। शुक्रबार मात्रै प्रतिष्ठानका रजिष्ट्रार काफ्ले लगायतको टोलिले स्वास्थ्य मन्त्रालयको सहकार्यमा १० वटा ‘स्वाब’ संकलन किट ल्याएका थिए।
 

प्रकाशित: १७ चैत्र २०७६ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App