१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्व जुम्लामा उच्च सर्तकता

जुम्ला – कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको अस्पताल परिचालन तथा समन्वय समिति जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका निगरानी केन्द्र अनुगमन गर्न गाउँमा पुगेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी कार्यव्यस्तताका कारण आउन नसकेपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको नेतृत्वको टोली निगरानी केन्द्रको अनुगमनमा निस्केको हो।

टोलीमा चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, कर्णाली प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले लगायत सञ्चारकर्मी पनि सहभागि छन्। टोलीसंगै दुइजना पब्लिक हेल्थ विज्ञ पनि सहभागि रहेको प्रतिष्ठानका रजिष्टार काफ्ले बताउँछन्। उनीहरुले निगरानी केन्द्रमा राखिएको बेडको अवस्था र खानपिनका बिषयमा जाँचबुझ गरिरहेका छन्। 
अस्पताल परिचालन तथा समन्वय समितिको बैठकले तातोपानी, तिला, हिमा, सिँजा र कनका सुन्दरी गाउँपालिकामा निर्माण गरिएका निगरानी केन्द्रको अनुगमन गरेको हो। यो समितिको जिम्मेवारी तत्कालिन कर्णालीका पाँच वटै जिल्ला हेर्ने गरि कार्यक्षेत्र निर्धारण गरिएको छ। 

रजिष्टार काफ्लेका अनुसार तिला गाउँपालिकाको सिता माबि रारालिहीमा निर्माण गरिएको निगरानी केन्द्रमा रहेका १५ जनालाइ स्वास्थ्य जाँच पछि घर फर्काइएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समितिले जनाएको छ। अनुगमनका क्रममा मास्क र ज्वरो नाप्ने थर्ममिटरको समस्या देखिएको थियो।    

समितिले निगरानी केन्द्रको सहजीकरण र अनुगमन गर्ने अधिकार पाएको छ। निगरानी केन्द्रमा देखिएका समस्या स्थानीय सरकार समक्ष उजागार गर्दै कोराना भाइरसको संक्रमण फैलन नदिको लागि पैरवी प्र्रदान गर्दै आइरहेको छ। 
‘निगरानी केन्द्रको अनुगमन गर्छौँ, सुझाव सल्लाह दिन्छौँ। निगरानी केन्द्रको अवस्था पहिचान गरेर कर्णाली प्रदेश सरकारलाइ प्रतिबेदन पठाउँछौँ, जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भने, ‘जुम्ला उच्च सतर्कता अपनाइएको पाइयो। अहिले आत्ति हाल्नु पर्ने अवस्था छैन्।’ 

समितिले निगरानी केन्द्रमा रहेकाहरुलाइ कोराना संक्रमणको संकेत देखिने वित्तिकै प्रतिष्ठानमा आएर उपचार गराउन आग्रह गर्दै आइरहेको छ । आइतबार बसेको अस्पताल परिचालन तथा समन्वय समितिको बैठकले जुम्लामा रहेका निगरानी केन्द्रको अनुगमन गर्ने निर्णय गरेको थियो। आन्तरिक मामिला तथा कानुनमन्त्री आउन नसकेपछि जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बैठक बसेको थियो। बैठक बस्नको लागि कानुनमन्त्री भण्डारीले स्वीकृति दिएका थिए।

म्लाको तातोपानी ५०, तिलामा ५०, हिमामा ३०, सिँजामा ४० र कनकासुन्दरीमा २० बेडको निगरानी केन्द्र निर्माण भएका छन्। यता चन्दननाथ नगरपालिकामा ३०, गुठिचौरमा ६ र पातारासी गाउँपालिकामा ६ बेडको निगरानी केन्द्र बनाइएका छन्। भारतबाट आएका नागरिकलाइ अनिवार्य रुपमा निगरानी केन्द्रमा बस्न अनुगमनमा निस्केको अस्पताल परिचालन तथा समन्वय समितिले आग्रह गरेको छ। 

प्रकाशित: १७ चैत्र २०७६ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App