१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

लकडाउनमा मर्निङवाक ! दुई घण्टा उभ्भिनुपर्ला

लकडाउन उल्लङघन गर्ने प्रहरी नियन्त्रणमा। तस्बिर : विजय राई

काठमाडौं –  कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको अवधी थप गरेको छ। लकडाउनमा दिनभर मानिसहरु घरमा बसे पनि साँझ विहान घरबाहिर निस्कने गरेका छन्। केही दैनिक उपभोग्य सामानको लागि घर बाहिर आउने गरेका छन् भने केही विना कुनै काम। प्रहरीले घर बाहिर निस्कनेलाई कडाई गरे पनि सडकमा हिँड्नेको कमि छैन।

मर्निङवाकमा निस्कनेहरु प्रहरीको लागि अर्को हैरानी हुन्। बिहानै घरबाट निस्कनेहरुलाई जति सम्झाउँदा पनि नमान्ने गरेको काठमाडौं परिसरका प्रवक्ता होवीन्द्र बोगटी बताउँछन्। 'घरबाट बाहिर निस्कँदा भाइरस फैलने सम्भावना धैरै हुन्छ भनेर जान्नेहरु नै कुरा नबुझि बाहिर हिड्छन्', 'बाहिर हिँड्नेहरुलाई सम्झाउने गरेका छौं। मर्निङवाकमा निस्कनेहरुलाई पनि यसो नगरि घरमै व्याम गरेर सहयोग गर्न अनुरोध गरेका छौं।' प्रहरीले आइतबार मात्र २७ सय जनालाई नियन्त्रणमा लिएको उनले बताए। 'नियन्त्रणमा राखेर मात्र भएन। यो सबैले बुझेर सहयोग गर्नुपर्ने विषय हो', उनले भने, 'नागरिकले आफै बुझेर सहयोग गर्नु पर्छ।'

पटकपटक आग्रह गरे पनि लकडाउनको बेला बिनाकाम सडकमा निस्कने क्रम बढेपछि प्रहरीले सडकमै दुई घण्टा उभ्याउने गरी नयाँ कारबाही अभियान थालेको छ। सडकका निस्कनेलाई महाशाखामा लगेर क्लास दिनसक्ने अवस्था कठिन भएको भन्दै सडकमा निस्किएकालाई ठाउँको ठाउँ कारबाही गर्ने तरिका अपनाएको हो।

उनका अनुसार आम नागरिक बिनाकाम सडकमा निस्कँदा प्रहरीलाई टाउको दुखाइ भएको छ। प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले सडकमै कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले सडकमै कारबाही गर्न थालेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलका अनुसार लकडाउन नमान्नेलाई पक्राउ गर्नुको साटो सडकमै उभ्याइने छ। उनीहरूलाई लकडाउन उल्लंघन गरेकै स्थानमा २ घण्टासम्म होल्ड गरेपछि मात्रै छाडिनेछ। सिधै पक्राउ गरेर महाशाखामा लैजाँदा प्रहरी स्वयं जोखिममा पर्ने र पक्राउ गरिएकाहरूलाई समेत गाडीमा हालेर लैजाँदा एकअर्कामा समेत कोरोना भाइरसको जोखिम बढ्ने भएकाले यस्तो तरिका अपनाइएको हो।

प्रकाशित: १७ चैत्र २०७६ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App