१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सामान केही महंगो भए होला अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ।

आईतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरे। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषध र औषधीजन्य सामान अभाव भएको भन्दै उनले अभावकाबीच किन्दा मूल्य केही बढी हुन सक्ने बताए।

उनले भने “संसारभरी अहिले सामान छैन। संसारभर सामान किन्न पाईदैन। संसारभरी किन्न नपाएको अवस्थामा केही मंहगो भएको हुनसक्छ। तर समयमा त्यो भएन भने त्यसबाट हुने प्रभाव असाध्यै धेरै हुने भएकाले हामीहरुले बुझ्नुपर्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मितव्ययीता र पारदर्शीतामा नितान्त सचेत छ। यसमा ध्यान दिन्छ र हाम्ले कति किन्छौ, के किन्छौ वेभसाईटमा राखेका छौ। त्यसकारणले जनतालाई गुमराहमा राख्नुपर्ने कुरा केही छैन। अभावको बिचमा किन्दाखेरी पहिला जति भाउ थियो त्यति मूल्यमा पाईदैन। ”

सामान खरिदका लागि टेण्डर आव्हान गर्दा पनि ल्याउन सक्ने अवस्था नभएको र लकडाउन पनि सुरु भईसकेकाले २४ घण्टाभित्र समय दिएर सबै सप्लायर्स बोलाएर छलफल गरेको तथा छलफलमा ५ /६ जनाले मात्रै छ भने पनि २ वटाको मात्रै प्रस्ताव परेपछि नेगोसियसनका आधारमा सरकारले सामान किनेको उनले स्पष्ट पारे।

अनुदानमा आएको सामानको मूल्य सूची उल्लेख गर्दै सो मूल्य भन्दा नेपाल सरकारले कम मूल्यमा किनेको पनि उनले दाबी गरे।

 

प्रकाशित: १६ चैत्र २०७६ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App