१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुबईबाट आएका युवकको आइसोलेसनमै मृत्यु

बुटवल  - बुटवलको आइसोलेसन अस्पतालमा उपचार गराइरहेका एक जनाको आइतबार दिउसो मृत्यु भएको छ। बुटवलको धागो कारखानामा बनाइएको कोभिड १९ विशेष अस्थाइ अस्पतालमा भर्ना गरिएका सैनामैनाका ती युवाको आइतबार दिउसो १ बजेतिर मृत्यु भएको अस्पतालका (फोकल पर्सन) डाक्टर डा. सुदर्शन थापाले बताए।

 तर ती युवामा कोरोना संक्रमण भए नभएको पुष्टि भइसकेको छैन। उनको थ्रोट स्वाब आइतबारै बिहान परिक्षणका लागि सुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु पठाइएको छ। सोमबार रिर्पोट आउने डा. थापाले जानकारी दिए।

ती युवा १३ गते दिउसो अस्पताल आएका थिए। डा. थापाका अनुसार उनमा उच्च ज्वरो, रुघा खोकी र स्वास प्रस्वासको समस्या देखिएकाले तत्काल आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको थियो। कोरोनाको आशंकामा अस्पतालले आइतबार बिहान मात्रै उनको थ्रोटको स्वाब निकालेर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा पठाइएको हो।

अस्पतालका स्वास्थ्यकर्मीहरुका अनुसार ती बिरमीमा आइतबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या आएपछि अवस्था गम्भिर हुँदै गएको थियो।

डा. थापाका अनुसार लकडाउनका कारण हवाइ यातायात बन्द भएपछि ल्याव परीक्षणकालागि दिनहुँ नमुना काठमाण्डौ पठाउन सम्भव नभएपछि संकास्पद बिरामीको नमुना सकलन गरी दुइ/तीन दिनमा एकै पटक टेकु पठाउने व्यवस्था मिलाएको छ। ‘दिनहुँ नमुना पठाउन सम्भव थिएन। १३ गते बिहानसम्म अस्पताल आएका शंकास्पद बिरामीका नमुना सकलन गरेर पठाएका थियौ। ती बिरामी १३ गते दिउँसो अस्पताल आएका हुन। सोही दिन दिउँसोदेखि (आज) १६ गते बिहानसम्म आएका शंंकास्पद बिरामीको स्वाब आजै टेकु पठाएका छौं ’ डा. थापाले भने।

 प्रदेशमै ल्याव परीक्षणको सुविधा नहुँदा र लकडाउनक कारण तत्काल नमुना परीक्षणका लागि पठाउन नपाँउदा शंकास्पद बिरामीको  उपचारमा समस्या भइरहेको डा. थापाले बताए। यसअघि परीक्षणमा पठाइएका बुटवलको लुम्बिनी प्रादेसिक अस्पतालसहित आइसोलेसन अस्पतालमा भर्ना भएका अधिकाँशको ल्याव रिर्पोट नेगेटिभ आएको छ।
चैत ६ गते काठमाडौं ओर्लेका थिए।

ती युवा दुबइबाट चैत ६ गते काठमाडौ ओर्लेका थिए। चैत ७ गते बिहान उनी गाडीबाटै सैनामैना आएका हुन। दुवइमा उनी ट्याक्सी चालक भएको बताइएको छ। ३४ बर्षे ती युवालाइ घर आएकै दिन साँझदेखि सामान्य ज्वरो आएको उनका छिमेकीले बताएका छन्। ज्वरो बढेपछि उनले सुरुमा स्थानीय एक औषधी पसलबाट ज्वरोको औषधी किनेर खाएका थिए। उनलाइ स्वास फेर्न समस्या भएपछि र रुघाखोकी बढदै गएपछि स्थानीय जनप्रतिनिधि र छिमेकीले चैत १३ गते  स्वास्थ्य चौकीमा उपचारका लागि पठाएका थिए। स्वास्थ्य चौकीले उनलाइ तत्काल आइसोलेसन अस्पताल जान सुझाव दिएपछि धागो काराखानामा बनाइएको आइसोलेसन अस्पताल पुगेको उनका आफन्तले बताएका छन्।

 अस्पतालका डा. सुदर्शन थापाले पनि ती बिरामी सिधै आइसोलेसन अस्पताल आएकाले तत्काल भर्ना गरी उपचार सुरु गरेको बताए। त्यसअघि ती युवा  श्रीमती दुई  छोरासंग सगै थिए। पाल्पाबाट बसाइ सरेर आएको भनिए पनि सैनामैनामा उनी भाडाको घरमा बसेको स्थानीयले बताएका छन्।

मृत्तक युवामा कोरोनाको पुष्टि नभइसकेको भए पनि स्वास्थ्य सर्तकताका लागि उनका परिवार र उनीसंग भेटघाट गरका आफन्त र छिमकीहरुलाइ सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ। रिर्पोट आएपछि आइसोलेसन अस्पतालमै लैजाने वा घरमै सुरक्षित क्वारेन्टाइनमा राख्ने भन्ने निर्णयमा पुग्ने स्थानीय जनप्रतिनिधिले बताएका छन।

३६ को स्वाब परीक्षण गर्दा २३ को नेगेटिभ,१३ को रिर्पोट आउन बाँकी 
प्रदेश नं. ५ मा यसअघि कोरोनाको आशंकामा ३६ जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकोमा २३ जनाको रिर्पोट नगेटिभ आएको छ। १३ जनाको रिर्पोट आउन बाँकी छ। उनीहरुको प्रदेशका बिभिन्न आइसोलेसन अस्पतालमा राखेर उपचार भइरहेको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका निर्देशक डा. उमाशंकर चौधरीले बताए। रिर्पोट नेगेटिभ देखिएका केही घर फर्केका छन्।

प्रदेशमा अहिलेसम्म ६१ जनाको आइसोलेसन वार्डमा राखेर स्वास्थ्य परीक्षण गरीएको र कोरोना भाइरसको संक्रमणसंग मिल्दो जुल्दो लक्षण देखिएका ३६ जनाको स्वाब परिक्षणका लगि पठाइएको डा. चौधरीले बताए। आइतबार बुटवल, बाँके लगायतका जिल्लाबाट थप नमुना काठामाडौ पठाइएको छ। र केही जिल्लामा नमुना संकलन गरेपछि लकडाउनका कारण  तत्काल पठाउन सम्भव नदेखिएको सम्बन्धित अस्पतालहरुले बताएका छन्।

पछिल्लो समय संकास्पद लक्षण देखिएको भन्दै बिरामी अस्पताल आउने क्रम बढेको छ।  तर सम्बन्धित प्रयोगशाला नहुँदा सबैको नमुना परिक्षण गर्न सम्भवन भएको अस्पतालहरुले बताएका छन्। प्रदेश सरकारले भैरहवा स्थित भिम अस्पतालमा ल्याव स्थापना गर्ने भने पनि आइतबारसम्म थ्रोट स्वाब परिक्षण गर्ने उपकरण,भिटिएम, किट र विशेषज्ञ सहितको तालिम प्राप्त जनशक्ति केन्द्रबाट कहिले सम्म व्यवस्था हुन्छ भन्ने अन्यौल नै रहेको डा चौधरीले बताए।

ल्याव स्थापनाका लागि आवश्यक पर्ने स्थान र स्थानीय स्तरमा गर्न सक्ने तयारी सबै गरेका छौ। तर केन्द्रबाट आउनु पर्ने उपकरण सहित विशेषज्ञ सहितको जनशक्ति कहिले आउछ स्पष्ट जानकारी पाएका छैनौ’डा चौधरीले भने।

प्रकाशित: १६ चैत्र २०७६ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App