१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

घाइते वडाध्यक्ष सिंहको फाइल तस्वीर

जाजरकोट - जिल्लाको एक नगरपालिकाका  वडाध्यक्षलाइ अज्ञात समुहले निर्धात कुटपिट गरि सख्त घाइते वनाएको छ।  जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष चक्रवहादुर सिंहलाइ  अज्ञात समुहले  कुटपिट गरि खुटटा भाँचिदिएको  नगरप्रमुख लालवहादुर महताराले बताए।

उनले  शनिवार राति वडाध्यक्ष सिंहलाइ  अज्ञात समुहले अमानवीय ढंगले कुटपिट गरि खुटटा भाँचेर पाखो वारीमा फालेको अवस्थामा आइतवार विहान ८ वजे मात्र  थाहा भएको बताए। उनले  अहिले  गम्भीर रुपमा घाइते भएका वडाध्यक्ष सिंहलाइ उपचारका लागि   उद्धार गर्ने काम भइरहेको र प्रहरी पनि  घटना स्थलतर्फ गइरहेको  वताए ।  आफनो घर फुम्नातिर आउने क्रममा वडाकार्यालय  औलाकाटियातिर  लगेर वडाध्यक्ष सिंहमाथि कुटपिट भएको नगरप्रमुख महताराले बताए।

उनलाइ किन कसले आक्रमण गरि घाइते वनाएको हो भन्ने वारे कुनै कुरा पत्ता लाग्न नसकेको बताए। यस्तै  वडाध्यक्ष सिंह माथि भएको घटनावारे  अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय वडावनको प्रहरी टोली घटना स्थल तर्फ गइरहेको  जाजरकोटको प्रहरी प्रमुख   डिएसपी किशोरकुमार श्रेष्ठले बताए। घटना कसले गराएको हो  घटनाको कारण के हो भन्नेवारे प्रहरीले अनसन्धान गरिरहेको उनले बताए।  कुटपिटवाट घाइत वडाध्यक्ष सिंह पुर्व एमालेवाट निर्वाचित भएका थिए। 

प्रकाशित: १६ चैत्र २०७६ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App