१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक थप, वैशाख ३ सम्म लम्बियो

काठमाडौं- सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक लम्ब्याएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले वैशाख ३ सम्म उडान प्रतिवबन्ध लम्ब्याउने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्मका लागि उडनमा प्रतिवन्ध लगाउने घोषणा गरेका थिए।

विदेशमा रहेका विद्यार्थीलाई भने तत्कालका लागि जहा जे जस्तो अवस्थामा छ उही अवस्थामा रहने र आवश्यक पर्ने खर्च अभिभावकबाट नेपाल राष्ट्रबैकले पठाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ। उनीहरुलाई स्थिति स्थिति सामान्य भएपछि मात्रै नेपाल फर्कन सक्ने गरि व्यवस्था मिलाईने भएको छ।

 

प्रकाशित: १६ चैत्र २०७६ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App