१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई नगरपालिकाले बाँडे दुई सय परिवारलाई राहत

रौतहट - रौतहटका दुई नगरपालिकाले दलित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। लकडाउनको अवधिमा काम गरेर खाने परिवारलाई खानकै लागि समस्या भएपछि दुई नगरपालिकाले करिब दुई सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

विपन्न वर्गलाई बाँच्न नै समस्या भएपछि विभिन्न समुदायबाट गरिब र दलितलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने आवाज उठिरहेको बेला गौर नपाको मेयर अजयकुमार गुप्ताको पहलमा नगरको मुसहर बस्तीका पचासी परिवारलाई खाद्यान्न वितरण गरिएको हो।

स्थानीयको सल्लाह अनुसार गौर नगरपालिकाका दलित परिवारलाई १५ किलो चामल, ४ किलो आलु, ती किलो दाल, एक किलो नुन र ५०० ग्राम खानेतेल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जानकारी गराएका छन्।

आवश्यकता अनुसार अन्य दलित र विपन्न परिवारलाई गौर नगरपालिकाले सहयोग गर्ने कार्कीले बताएका छन्। दलित परिवारलाई गौरमा हुन सक्ने अन्य समस्याको पनि अध्ययन गरिरहेको कार्कीले बताए।

यसै गरी गढीमाई नगरपालिकाले पनि डोम तथा मुसहर तथा अति विपन्न परिवारलाई दश किलो चामल, एक किलो नुन, आधा लिटर खानेतेल लगायतका सामग्री वितरण गरेको छ। अतिविपन्न र दलित एक सय परिवारलाई संकटको बेला सहयोग गरिएको गढीमाई नपाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन्।

गढीमाई नगरपालिकाको भौगोलिक क्षेत्र ठूलो भएकोले समस्यामा रहेका अन्य दलित तथा विपन्न परिवारको खोजी भइरहेको बताउँदै निमित्त प्रमुख यादवले नगरपालिकाको खाद्यान्न सहयोगको दुरुपयोग नहोओस् र समस्यामा रहेकामध्ये कोही पनि बाँकी नरहुन् भन्नेतर्फ वडा कार्यालयका र अन्य बुद्धिजीवीमार्फत सचेतना अपनाइएको पनि बताएका छन्।

प्रकाशित: १६ चैत्र २०७६ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App