१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा प्रहरी र नेतालाई गाली गर्ने युवा पक्राउ

कपिलवस्तु- सामाजिक सञ्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीचोकबाट एक जना युवा आइताबार बिहान पक्राउ परेका छन्। मायादेवी गाउँपालिका-१ ईमिलीयाका सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको हो।

पकडी चोकमा मोबाईल पसल सञ्चाल गर्दै आएका खानले प्रहरीलाई चुतिया र नेतालाई चोर भनी शनिबार राति ६ बजेर ५९ मिनेटको सयममा आफनो फेसबुक वालमा पोस्ट गरेका थिए। कोरोनाका विषयमा आक्रोसित भएर उनले सो पोष्ट गरेका थिए। खानलाई जिल्ला प्रहरी कार्यालय पठाईएको छ।

पक्राउ परेका खानसंग सोधपुछ र अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए।


 

प्रकाशित: १६ चैत्र २०७६ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App