१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बँदेल आक्रमणमा परी तीन जना घाइते

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा बँदेलको आक्रमणमा परी ३ जना घाइते भएका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसेका उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो।

बँदेलको आक्रमणले घाइते भएकी ६५ वर्षिया चुमा भुसाल र ३२ वर्षिय बोमबहादुर घर्तीलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। अर्का एक जना ३८ वर्षिय कल्लु चौधरी भने सामान्य घाइते भएकाले उनको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको अस्पताल प्रमुख कपिल गौतमले जानकारी दिए।

नजिकै रहेको जंगलबाट आएको बँदेलले घरमै बसेका उनीहरुलाई आक्रमण गरेको थियो। प्रतिकारमा उत्रिएका उनीहरुले धारिलो हतियार प्रयोग गर्दा बँदेल पनी मरेको जिल्ला वन कार्यालयका प्रमुख शिव शर्माले बताए। उनका अनुसार घाइते अवस्थामा रहेको बँदेललाई उद्वार गरी ल्याइएको थियो। पशु अस्पतालमा उपचारकै क्रममा बँदेल मरेको हो। ५० किलोग्राम बराबरको मरेको भाले बँदेललाई जिल्ला वन कार्यालय परिसरमा गाडिएको छ।

प्रकाशित: १६ चैत्र २०७६ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App