१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अमेरिकामा कोरोना प्रभावित नेपालीको संख्या बढ्दो

अमेरिका- आफुलाई कोरोना संक्रमण भएको भन्दै न्यूयोर्कका शम्भु मोक्तान र जीवन बमले सार्वजनिक गर्दै अस्पताल भर्ना भए। उनिहरुले संक्रमित भएको जानकारी दिएर आफुहरुसंग सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन सुझाएका छन। आज मात्रै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले उपचारत दुई व्यक्तिसंग कुराकानी गरेको र अरु संक्रमित नेपालीहरुसंग पनि सम्पर्कमा रहेको बताए। राजदूत कार्कीले भने नेपालीहरु पनि प्रभावितहरुको सख्या दिनानुदिन निकै बढी रहेको तर नश्चित तथ्यांक भने आफुसंग नभएको बताए। दूतावासको सम्पर्कमा आउनेलाई सहयोगका विभिन्न तरिकाहरु अपनाइएको जानकारी दिए। दूतावासले हिजो मात्रै अमेरिकाको पचास वटै स्टेटमा रहेका नागरिक अगुवा एनआरएनको नेतृत्वसंग टेली कन्फरेन्स गर्दै अत्यावश्यक सहयोगका लागि, विद्यार्थीका , ओभरस्टे भएकाहरुका लागि विभिन्न विषयमा जानकारी दिएको छ। उता कोष्टा फेवोलासा नामक क्रुजबाट मायमीबाट सम्पर्कमा आएका तीन नेपालीहरु पनि संक्रमणको आशंकामा दूतावासको सम्पर्कमा आएको र स्टेट डिपार्टमेन्टसंग छलफल गरी त्यस्ता व्यक्तिहरुका हकमा पनि सुरक्षाका सबै व्यवस्थाको लागि समन्वय गरी रहेको राजदूत कार्कीले बताए। 

न्यूयोर्कमा मात्रै जानकारी दिएर अस्पताल भर्ना हुनेको संख्या ३३ नाघेको बताईन्छ। तर त्यो भन्दा कयौ गुना बढी गुपचुप राख्नेहरुको सख्या छ। न्यूयोर्कस्थित ब्रकलिन केन्स काउन्टी अस्पतालमा १३ जना , उडहलमा ८ जना, एलमष्डमा १२ जना र टेक्सासको अष्टिनमा एक जना नेपाली उपचार गराइरहेको भएको र अरु चार जना संक्रमित भएको जानकारी छ। न्यूयोर्कमा संत्रमितहरु धेरै जसो टयाक्सी चालक र उवर चालक रहेका छन। धेरै जना नेपालीले अस्पतालको बेड नपाएर घरमा नै बसेर औषधी उपचार गरिरहेका छन्। अहिले कतिपय व्यक्तिहरुलाई डकुमेन्टको अभावमा उपचारमा समस्या परेको बताईन थालेको छ। त्यस्ता व्यक्तिहरुका लागि राजदूतावासले पनि स्टेट डिपार्टमेन्टसंग सम्पर्क गर्दै सहयोगका उपायहरुमा काम गरिरहेको बताएईको छ।  

विश्व मानचित्रमा अमेरिकामा संक्रमितको संख्या जसरी बढी रहेको छ त्योबाट नेपाली समुदाय अछुतो छैन। अमेरिकामा संक्रमितको सख्या दुई सय माथी रहेको अनुमान गरिएको छ। सार्वजनिक भएको तथ्यांकको तुलनामा सार्वजनिक नभएको संख्या निकै बढी हो। आधिकारिक तथ्यांक एकिन नभए पनि कोरोना भाइरसको संक्रमण बढी रहेको नेपाली समुदायको विभिन्न तहमा नेतृत्व गर्ने व्यक्तिहरुले दिएको अपुष्ट जानकारी अनुसार न्यूयोर्क, न्युजर्सी, क्याफिोनिया, मिचिगन, फिलाडेल्फिया, भर्जिनिया, सिकागो, बाल्टीमोर, वासिंटन, फोलोरिडा, सान्फ्रान्सिस्को, टेक्सास, ईलिनोईज, लुजियानामा धेरै नेपाली संक्रमणमा परेको बताईन्छ।

गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल शाहका अनुसार विभिन्न राज्यहरुमा संक्रमितको संख्या बढी रहेको जानकारीमा आएको छ तर धेरै जसोले आफ्नो जानकारी गोप्य राख्न चाहेकोले संख्यात्मक हिसावले यति नै भन्न कठिन छ तर अनुमानित दुई सय नाघेको छ। न्युयोर्कमा अस्पतालका बेडहरू भरिएका छन् हामीलाई प्राप्त विभिन्न राज्यका साथीहरुले दिएको जानकारी अनुसार दुई सय हाराहारीमा पुगेको अनुमान गर्न सकिने नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले बताए। धेरैजसोले विष्टका अनुसार धेरैजसोले आफन्तलाई जानकारी दिदै अस्पताल गएका छन र संगै रहेका पारिवारिक सदस्यहरुलाई निगरानी अपनाउन सुझाएका छन। यी अपुष्ट तथ्यांकहरु दिनानुदिन बढीरहेको छ। गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति र विभिन्न राज्यस्तरमा सक्रिय  समुदायमा आधारित संघ संस्थाहरुले आआफ्नो समुदायलाई विभिन्न सहयोग र सूचनाहरु दिदै आएका छन। यो महामारीको रुपमा फैलिएको सरुवा रोग भएको कारण संक्रमितले आफ्नो अवस्था बताउँदा अरुलाई संक्रमित हुनबाट जोगिन मद्दत पुग्छ भन्दै सार्वजनिक गर्न प्रोत्साहन गरिदै आएको छ। रोग व्यक्तिको अति संवेदनशिल र गोप्य विषय भए पनि संक्रामक रोगहरूमा यस्ता सन्देशले समुदायलाई थप संक्रमित हुनबाट जोगाउने छ।

एनआरएनए, जनसम्पर्क समिति र अन्य संघसस्थाले अमेरिका संक्रमित परिवारलाई सहयोग जुटाउन लागि परेको छ। एनआरएनले संक्रमित परिवारलाई कम्तिमा एक सयदेखि ३ सय डलर तत्काल दिने निर्णयसमेत गरिसकेको छ। खासगरी यतिखेर विद्यार्थीहरुलाई बढी सहयोगको आवश्यकता रहेकोले विद्यार्थीहरुलाई केन्द्रित गरिएको छ। त्यसका लागि गोफण्ड मार्फत सहयोग सङ्कलन समेत संस्थाले गरिरहेको छ।

प्रकाशित: १६ चैत्र २०७६ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App