१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना भ्रम : दलाई लामाको सन्देशको हल्ला चलेपछि आँगन खन्दै अँगार खोज्दै

दैलो खन्दै गरेका बारपाक सुलिकोट गाउँपालिका ३ ठोट्नेरीका सर्वसाधारण । तस्विर सौजन्य : सलिना गुरुङ

गोरखा- आँगन, दैलो खनेर त्यहाँबाट निस्किएको अँगार दलेपछि कोरोना भाईरस नलाग्ने भ्रम गाउँभरी फैलिएपछि गोरखाको केही ठाउँमा स्थानीय धमाधम दलै खनिरहेका छन्। दैलोमा खाल्डो खन्दा निस्किएको अँगारको टिका निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने हल्ला चलेपछि स्थानीयले खाल्डो खन्न थालेको बारपाक सुलिकोट गाउँपालिका स्वाँराकी शिक्षक सलिना गुरुङले बताईन । एकदेखि तीन फिटसम्म खाल्डो खनिएको छ। ‘अन्यत्रबाट आफन्तले फोन गरेर खाल्डो खन्न भनेपछि सुरु भएको हो’ उनले भनिन् ‘आगन खन्दा कोईला निस्किँदो रहेछ, झनै मानिस विश्वास गरेर भ्रममा परिरहेका छन्।’

‘दलाई लामाको सन्देश हो भन्दै खाल्डो खन्दै अँगार खोज्दै गरेका छन्’ गुरुङले भनिन् ‘धेरै जनाले खाल्डो खनिसके, बाँकीले पनि खन्दैछन्।’ धार्चे गाउँपालिका २ रुन्चेतमा दुई सय ५० भन्दाबढि घरमा खाल्डो खनिएको छ।  सोही गाउँपालिकाको केरौँजाका अधिकासं घरमा दुईदिन यता खाल्डो खनिएको छ। दैलोमा खाल्डो खन्ने क्रम बढ्दो छ। धार्चे गाउँपालिका ३ मा कटुवालले नै आँगन खनेर कालो टिका लगाउनु भनेपछि सबैले हतार हतार खनिरहेका छन्। धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘कोरोनाको भुत भगाउन भन्दै पूजा गरेको खबर चाँही सुनेको थिएँ।’

गाउँमा भ्रम फैलिएर स्थानीयले दैलो खनेको बारेमा वडा अध्यक्षसँग बुझेर कटुवाल मार्फत सचेत गराउन लगाउने उनले बताए। उक्त गाउँपालिकाले सबैवडामा मासिक तलब दिएर कटुवाल राखेको छ।

 

 

प्रकाशित: १५ चैत्र २०७६ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App