१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको छ: पूर्व राजा

काठमाडौं-  पूर्व राजा ज्ञानेन्द्र शाहले मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने कार्य भइरहेको बताएका छन्। पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्व राजाले  देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्तामाथि प्रहार गर्ने कार्यमा जसले गरे पनि अक्षम्य अपराध हुने बताएका छन्।  भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।  

राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको उनले बताएका छन्।  

'नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मूलूकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रियताप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं,' जारी विज्ञप्तिमा शाहले भनेका छन्।

दरबारबाट बाहिरिएको दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक स्थितिमा आएको पनि उनले बताएका छन्। ज्ञानेन्द्रले भनेका छन्, 'देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन।' विश्व समुदाय, समृद्धी प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहंदा नेपाल भने थप विपन्नतातर्फ अग्रसर हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २६ पुस २०७३ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App