१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोरु जुधाई मेलाको तयारी पूरा

काठमाडौं–रसुवा नुवाकोट पर्यटन समाजले माघे संक्रान्तिको अवसरमा हुने गोरु जुधाईको मेलाको तयारी पूरा भएको जनाएको छ।

नुवाकोटको तारुका–५ चन्दनीको कटहरबोट पाटो तथा रसुवा र नुवाकोटको सीमास्थल बेत्रावतीमा माघ १ गते हुने गोरु जुधाई मेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जनाइएको हो।

समाजका महासचिव शिव अधिकारीले आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न गोरु जुधाइ मेला प्रभावकारी हुने बताए।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य राजेन्द्र सापकोटाले कला र संस्कृतिको प्रचार र प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्डले पर्यटक आकर्षित गर्ने अभियानात्मक कार्यक्रममा सधै सहयोग गर्ने बताए।
बोर्डको कार्यक्रमिक बजेटमै गोरु जुधाई मेलाको लागि बजेट तोकिएको उनले बताए।

गोरु जुधाई मेला आयोजना स्थल नुवाकोटको तारुका चन्दनीस्थीत कटहरबोट पुग्न काठमाण्डौको कलंकीबाट २ घण्टाको मोटरबाटोमा पुगिन्छ। बेत्रावती पुग्न तीन घण्टा लाग्छ । माघ १ गते बिहान साँढे १० बजेबाट सुरु हुने मेलामा १८ हल गोरु तयार पारिएको समाजका महासचिव अधिकारीले जानकारी दिए।

प्रकाशित: २६ पुस २०७३ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App