१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखरीमा डुबेर दाजुभाईको मृत्यु

कपिलवस्तु - कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पूर्व बेलहजवामा नुहाउनेक्रममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ। शुक्रबार विहान ११ बजेतिर स्थानीय रामजानकी आधारभुत विद्यालय अघि रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर दुई बालकको मृत्यु भएको वडा अध्यक्ष शिवकुमार पाण्डेयले बताए। मृतक बालकहरु दाजुभाई हुन।

मृत्यु हुनेमा समअ‍ेरज धुनियाका छोरा वर्ष १२ को सलमान र वर्ष १० का अरमान रहेको प्हरीले जनाएको छ। उनीहरु पोखरी छेउमा खेल्ने क्रममा खसेको हुन सक्ने बताइएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार दुवै जनाको शव पोष्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। उनीहरु खसेको स्थानमा एक्साभेटरले खनेको हुँदा गहिरो भएको थियो।

कोरोना भाइरसका कारण त्रसित भईरहेको बेला एकै परिवारका दुई जनाको मृत्युले पूर्वी बेलहवा गाउँ शोकमग्न भएको छ।

प्रकाशित: १४ चैत्र २०७६ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App