१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘लकडाउन’को मर्मलाई पालना गर्न युवा संघको आग्रह

खोटाङ– राष्ट्रिय युवा संघ खोटाङले ‘लकडाउन’को मर्मलाई पालना गर्न आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले लागू गरेको ‘लकडाउन’लाई कतिपयले गम्भीरताकासाथ नलिएको देखिएकाले आफ्नै स्वास्थ्यको सवालमा हेलचक्र्याँई नगर्न राष्ट्रिय युवा संघले आग्रह गरेको हो। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघले ‘आफू बचौं र अरुलाई बचाऔं’ भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्न अवसरमा नचुक्न सबै नागरिकको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय युवा संघका संयोजक रसकुमार राई र सह–संयोजक शरद राईले जारी गरेको विज्ञप्तीमा ‘लकडाउन’लाई कतिपयले अझै पनि गम्भीरताका साथ नलिएको र सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने स्थिति आउनु दुःखद भएको जनाएका छन्। ‘अहिले घरमा सुरक्षित बस्न र कोरोनाको संक्रमणबाट टाढा राख्नका लागि सरकारले लागू गरेको लकडाउनको परिधिभित्र बस्नुको बिकल्प छैन।

लकडाउनलाई कतिपयले अझैपनि गम्भीरताका साथ नलिएको र सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने स्थिति आउनु दुःखद हो,’ विज्ञप्तीमा भनिएको छ, ‘यसर्थ यस संकटको अवधिमा राज्यले जारी गरेको आदेश अनुसार आ–आफ्ना स्थानमा सजग र सुरक्षित बसौँ। यो हेलचक्र्याँइ गर्नेबेला होईन। यो आफ्नो जीवनरक्षाका लागि आफै लड्ने समय हो।’

राष्ट्रिय युवा संघले कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको सावधानीका उपाय सतप्रतिशत अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १४ चैत्र २०७६ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App