१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाको जोखिममा सुरक्षाकर्मी

रौतहट - कोरोना संक्रमणको भय बढिरहेका बेला सुरक्षाकर्मी समेत जोखिममा देखिएका छन्। कोरोनाको आशंका गरिएका व्यक्तिको नजिक रहेर काम गर्नुपर्ने भएकोले ‘पर्सनल प्रोटेक्टिभ इक्पिमेन्ट’ (पिपिई)को अभावमा सुरक्षाकर्मीलाई पनि जोखिम रहेको सुरक्षाकर्मीहरुको भनाइ छ।
 
दिनभर सडकमा काम गर्नुपर्ने, कोही आशंकित भएको खबर आएमा तिनलाई घरबाट निकालेर स्वास्थ्य केन्द्र वा क्वारेन्टाइनसम्म पु¥याउनु पर्ने तथा अनेक किसिमका समस्याका मानिससित काम गर्नुपर्ने भएकोले आफूहरु जोखिममा रहेको उनीहरु बताउँछन्। पिपिइको अभावमा सुरक्षाकर्मीले पनि होम मेड पिपिइको प्रगोग गरेर काम चलाइरहेको बताएका छन्। 

यसै गरी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले पनि पिपिईको अभावमा काम गर्नु निकै जोखिमपूर्ण भएको गुनासो व्यक्त गरिरहेका छन्। कतैबाट अहिलेसम्म पिपिइ उपलब्ध गराइएको छैन। तर जिल्लामा क्वारेन्टाइनमा पचास जनाको हाराहारीमा मानिसहरु राखिएकोले उनीहरुका नजिक काम गर्न असुरक्षित रहेको स्वास्थ्यकर्मीहरुको गुनासो रहेको छ। पिपिईको अभावमा स्वास्थ्यकर्मीहरुले पनि काम चलाउ होम मेड असुरक्षित पिपिई प्रयोग गरिरहेका छन्। आफू असुरक्षित रहेर पनि सुरक्षाकर्मी तथा स्वास्थयकर्मीले सेवाग्राहीलाई सेवा दिइरहेका छन्।
कतिपय चिकित्सकहरुले रेककोटलाई नै पिपिइको रुपमा प्रयोग गरेको समेत पाइएको छ।

भारतबाट लुकीछिपी प्रवेश गर्नेहरु धमाधम पक्राउ पर्दै



नेपाल र भारत गरी दुवैतिर लकडाउन रहे पनि भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। भारतमा विभिन्न माध्यमले असुरक्षित नेपाल प्रवेश गर्नेमध्ये केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी क्वारेन्टाइनमा राख्न थालेको छ।

भारतको कानपुरस्थित मदरबाट ईशनाथ नपाको औरैया नाका भएर प्रवेश गरिरहेका सात जनालाई सुरक्षाकर्मीले पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ। ईशनाथ ३ औरैया नाकाबाट नेपाल प्रवेश गरिरहेकालाई सशस्त्र प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको हो। 

भारतबाट नेपाल प्रवेश गरेका गढीमाई ३ को २२ वर्षका समिउल्ला अन्सारी, वर्ष ३० का अब्दुल मलिक, वर्ष १९ का जावेद सिद्धिकी, वर्ष २१ का ओवैद आलम, वृन्दावन नपाका २३ वर्षीय सबिर हुसेन, देवाही गोनाही नपाको वर्ष २० का असलम तथा बारा सिम्रौनगढ नपाका २६ वर्षीय रसि अहमद रहेको र सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

यसै गरी भारतको कोलकत्ताबाट आफ्नो घर फर्किदै गरेकालाई पनि ईशनाथ नपाको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएकामा ईशनाथ नपाकै रामाशंकर साह, मनोज साह, राम किशोर साह, कृष्णनन्दन साह, गरिब साह, श्यामनाथ साह, जग्गा साह तथा रामनाथ साह रहेको छन्। भारतबाट नेपाल छिर्ने सबैलाई सामान्य रूपमा ज्वरो परीक्षण गरी क्वारेन्टाइनमा पठाइने गरिएको प्रहरी चौकी बन्जरहाका प्रमुख सई सुरेशप्रसाद गुप्ताले जानकारी गराएका छन्।

शुक्रबार दिउँसोसम्म रौतहटका क्वारेन्टाइनमा ५१जना राखिएका छन्। अहिलेसम्म ईशनाथको क्वारेन्टाइनमा १७, चन्द्रपुरमा १७ जना, गौरमा १६ जना र शिवनगरमा एकजना रहेका छन्।

प्रकाशित: १४ चैत्र २०७६ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App