१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नुवाकोटमा खाद्यान्न पर्याप्त

बेत्रावती - कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ। जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि खाद्य सामग्री सहजरूपमा उपलब्ध भइरहेको छ। 

उपभोक्ताले धेरै सामग्री खरिद गरेर घरमा राख्न चाहेकाले भनेजति माग पुर्‍याउन नसके पनि दैनिक उपभोग गर्ने खाद्य सामग्री चामल, चिउरा, दाल, चिनी, तेल, गेडागुडीलगायतको अभाव नहुने अध्यक्ष कार्कीले बताए।

प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गादत्त भट्टले बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री पर्याप्त रहेको र गाँउगाँउसम्म पठाउन लकडाउनका कारण केही असहज भए पनि नआत्तिन उपभोक्तालाई आग्रह गरे।
 
खाद्य सामग्री, ग्यास, दूध, तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीको अभाव तथा कालोबजारी भएको पाइए कार्यालयमा स्थापना गरिएको हेल्प डेक्समा सम्पर्क राख्न सकिनेछ। रासस

प्रकाशित: १४ चैत्र २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App