१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि भएकाे अाक्रमणकाे रहस्य

कोहलपुर–दुई साताअघि कोहलपुरमा हत्या गर्ने योजनाबद्ध रुपमा खुकुरी प्रहारबाट गम्भीर घाइते युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी काण्डमा मुख्य दोषी सार्वजनिक गरिएको छ।

पुस १४ गते रात्री १० बजेर २० मिनेटमा भएको घटनाका दोषी र घटनाको नालीबेली प्रहरीले १२ दिनपछि मंगलबार सार्वजनिक गरेको छ। बुढाथोकीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गर्ने योजनासहितका मुख्य दोषी लक्ष्मण मल्ललाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका हत्या गर्ने योजनासहित भएको घटनामा प्रयोग भएको खुकुरी, मोटरसाइकल, कार, मुख्य दोषी मल्ल र अन्य १० जनासमेत पक्राउ गरेको छ।

प्रहरीको अनुसन्धानमा बुढाथोकीलाई राजनैतिक आवरणभन्दा व्यक्तिगत रिसिवीका आधारमा ज्यान लिने मनसायले खुकुरी प्रहार भएको देखिएकाे छ। उनको टाउको नै छिन्ने मनसयाले खुकुरी प्रहार भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। घटना अघि बुढाथोकी, खुकुरी प्रहार गर्ने मल्ललगायत पक्राउ परेका अधिकांश बफ एण्ड हट कटेजमा बसेर नास्ता र मदिरा सेवन गरेका थिए।
 

दुई साता प्रहरी अनुसन्धान

कोहलपुर–११ का ३९ वर्षीय सन्तोष बुढाथोकीमाथि पुस १४ गते रात्री १०ः २० मा कोहलपुरपस्थित बफ एण्ड हट कटेजमा नास्ता खाँदै गर्दा फर्कने क्रममा खुकुरी प्रहार भएको थियो। स्कुटीको साँचो लगाउँदै गर्दा घाँटीमै खुकुरी प्रहार भएको थियो  रात्री १० बजेर ४५ मिनेटमा कोहलपुर मेडिकल कलेजबाट प्रहरीले घटनाको सूचना पायो। तत्काल  इलाका प्रहरीका  प्रनाउ सुरेशप्रसाद काफ्लेको कमाण्डमा ६ जना, प्रनि नवराज पोखरेलको कमाण्डमा ९ जना, प्रनि रमेशदत्त अवस्थीको कमाण्डमा ६ जना, प्रनानि निबन्धबहादुर बुढाको कमाण्डमा ४ जनासहित २५ जना प्रहरी परिचालन भयो।

जिल्ला प्रहरी कार्यालयले  सीमा, चेक पोइन्ट, नाकाबन्दी र खानतलासीमा ३०७ जना प्रहरी परिचालन गर्यो। मेडिकल कलेजमा तत्काल उपचार्थ घाइते बुढाथोकीसँग सोधपुछका क्रममा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन–१ घर भइ कोहलपुर १० बस्ने लक्ष्मण मल्ल भएको सूचना प्राप्त भयो। अनुसन्धानका क्रममा पुस १७ गते घटनामा प्रयोग भएको सुजुकी कम्पनीको अनटेष्ट मोटरसाइकल  कोहलपुर–८ बाबानगरस्थित पूर्ण बुढाथोकीको घरमा राखेका अवस्थामा फेला पर्यो। घटनामा प्रयोग भएको पुस २१ गते महादेबपुरी–२ किमुको रुख मुनिको घासको झ्याङमा लुकाई छिपाई राखेको अबस्थामा फेला पार्यो।

अनुसन्धानका क्रममा फरार भएका लक्ष्मण मल्ललाई ढकेरीबाट काठमाडौं सम्म पुर्याउन प्रयोग भएको बा १४ च ४७९ नम्बरको कार २१ गते मेडिकल कलेज कोहलपुरमा पार्किङ गरेको अवस्थामा बरामद भयो। घटनाका मुख्य आरोपित फरार रहेका लक्ष्मण मल्ललाई पुस २३ गते काठमाडौंबाट  पक्राउ गर्यो। २४ गते कोहलपुर ल्याइयो। उनीसहित अहिले घटनामा संग्लन, खुकुरी बोक्ने, हान्ने, काठमाडौं पुर्याउने, काठमाडौं बसाउनेसम्म ११ जना पक्राउ परेको डिएसपी काफ्लेले बताए। दुई हप्ताको घटना अनुसन्धानका क्रममा प्रहरीको जनशक्ति र श्रोत साधनको लाखौ खर्च भएको उनले बताए। प्रहरीले मुख्य दोषी र अभियुक्त सार्वजनिक गरेपनि घटनमा संग्लनता अन्यको सार्वजनिक गर्न केही दिन लाग्ने जानकारी दिएको छ ।  

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेलाई यसलाई दुई समूहबीच झडप भन्दा गहिराई र रहस्यमा पुगे। यो घटनामा संग्लन जुनसुकै पार्टी, व्यक्ति र समूहलाई पक्रेरै छोड्ने अडानमा लागे । घटनामा संग्लनमा पक्राउ परेका अधिकांश ११ जना कांग्रेस सम्बद्ध नेपाल तरुण दल र एमाले सम्बद्ध युवा संघका रहेका छन्। एमाले र कांग्रेसका दुवैतर्फका केन्द्रीय र जिल्लास्तरका कार्यकर्ता पक्राउ परेपछि छोड्न उनीमाथि चौतर्फी दबाब आयो। केन्द्रीय र जिल्लास्तरका नेताबाट फोन र दबाब आए। कोहलपुरमा दुई दिन बन्द भयो।

उनी डकमगाएनन्। पार्टी कार्यकर्ता र व्यापारी घटनामा समातिएका व्यक्ति छोड्न पैसा बोकेर आएको काफ्ले बताउँछन् । यो घटनाका दोषी छोड्न बार्गनिङ र चहलखेल भएपनि आफू विचलित नभएको उनी बताउँछन् । ‘मेरो अठोट थियो घटनाका दोषी पक्राउ गर्ने, कारवाही गराउने र यहाँको गुण्डागर्दी समाप्त पार्ने,’ उनले भने।

प्रकाशित: २६ पुस २०७३ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App