रौतहटमा करिब पाँच सय बेड तयारीको अवस्थामा

बिहिबार, १३ चैत २०७६, १३ : ३३ मदन ठाकुर

रौतहट- जिल्ला सुरक्षा समिति रौतहटको निर्देशनमा रौतहटको विभिन्न स्थानीय तहमा करिब पाँच सय बेडको क्वारेन्टाइन तयार भएको छ। कोरोना भाइरसबाट संक्रमणको आशंका भएकालाई केही दिन सुरक्षित एक ठाउँमा राख्न तयार पारिएको क्वारेन्टाइनमध्ये कतिपय सञ्चालनमा पनि आइसकेका छन्।

जिल्लाको बौधीमाई नपाले एक सय बेडको क्वारेन्टाइन तयार पारेको छ। यसैगरि गरुडा नपाले दश, गौर र राजदेवी नपाले नब्बे, चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नपाले असी, दुर्गा भगवती गाउँपालिकाले तीस, माधवनारायण नपाले पचास, फतुवा विजयपुर नपाले पन्ध्र, राजपुर नपाले उन्तीस, परोहा नपाले पच्चीस, देवाही गोनाही नपाले चालीस र इशनाथ नपाले तीस बेडको क्वारेन्टाइन तयार पारेको छ। जिल्लामा तयार भइसकेको र हुने क्रममा रहेको क्वारेन्टाइनलाई एक ठाउँमा जोड्दा ४ सय ९९ बेड हुने रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन्। अधिकांश क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेको र केही बेड एक दुई दिनमा तयार हुने प्रजिअ घिमिरेले बताएका छन्।

यसैबीच रौतहटको इशनाथ नपाको क्वारेन्टाइनमा एकजना, राजपुर नपाको क्वारेन्टाइनमा दुईजना, चन्द्रपुर र गौरको क्वारेन्टाइनमा १६/१६ जना गरी जिल्लाको क्वारेन्टाइनमा पैतीस जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले बताएका छन्। क्वारेन्टाइनमा रहेकामध्ये अधिकांश भारतबाट विभिन्न समयमा आएका छन्।
क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षणको लागि एमबिबिएस चिकित्सक नरहेकाले समस्या भएको स्थानीयको गुनासो रहेको छ। क्वारेन्टाइनमा स्वास्थ्य चिकित्सकको व्यवस्था हुनुपर्ने स्थानीयको भनाइ छ।

 





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad