१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पा अस्पतालमा आयो पीपीई

थप उपकरण हस्तान्तरण गरिदै।  तस्बिरःदिनेश/नागरिक

रोल्पा - रोल्पा अस्पतालमा कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सकसंग उपकरण नभएको गुनासो आइरहदा रोल्पा नगरपालिकाको पहलमा केहि सामाग्री थपिएको छ। पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) मास्क, ग्लोब्स, आईसोलेसनका लागि बेड लगायत सामाग्री उपलब्ध गराइएको हो।

केहि दिन अगाडि एक बैठकमा चिकित्सले अत्यावस्यक सामाग्री नभएको गुनासो राखेका थिए। अस्पतालमा सामाग्री थप भएपछि कोरोनाको संक्रमण संका भएमा उनिहरुलाई ब्यबस्थापन गर्न सहज हुने चिकित्कले बताएका छन्।

‘प्रयाप्त नभए पनि केहि सामाग्रीहरु आएको छ। हामी आफै जोखिममा पर्ने खतरा अहिलेलाई टरेको छ।’ डा. अनिल केसीले भने ‘भिटिएम अर्थात कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न संकलन गर्ने र संकलन गरिएको स्वाव पठाउनका लागि ट्रान्सपोर्ट मिडिया छैन। सरकारले त्यता तर्फ ध्यान दिनु पर्ने देखिन्छ।’

अहिले जिल्लाका दर्जन बढी स्थानमा हेल्थ डेक्सबाट सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारीले लक्ष्मण ढकालले बताए। ‘अत्यावस्य सुविधा रोकिएको छैन। अहिलेसम्म कुनै असहज परिस्थिति आएको छैन।’ उनका अनुसार केहि हल्ला बाहिर आउने गरेपनि अहिलेसम्म कुनै असहजता छैन। अहिले रोल्पामा जिल्ला अस्पताल, होलेरी लगायतका ठाउँमा दर्जन बढी आईसोलेसन कक्ष पनि तयार गरिएको छ।

उता स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीले रोल्पाको अबस्था सामान्य भएको बताए। ‘आईसोलेसन, क्वारेन्टाईनका लागि र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौ। भिटिएम ‐कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाव संकलन गरिने उपकरण)का लागि काठमाण्डौमा कुरा भइरहेको छ।’

लकडाउन भएसंगै सुनसान भएको रोल्पामा बैदेशिक रोजगार र छिमेकी मुलुकमा मजदुरी गर्न जानेको संख्या ठूलो छ। पछिल्लो समय जनप्रतिनिधिहरुले आफ्नो गाउँघरतिर बाहिरबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाईनका लागि सल्लाह सुझाव दिइरहेका छन्। 

प्रकाशित: १३ चैत्र २०७६ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App