१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रसुवागढी र तातोपानी नाकाबाट समान ल्याइने, खाद्यबस्तु होम डेलिभरी मिलाइने

काठमाडौं- उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्। समितिले विभिन्न १२ वटा निर्णय गरेको छ।

स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्‍चालन गर्न सहजीकरण गर्ने निर्णय पनि समितिले गरेको छ।

यस्तै अति आवश्यक बैंकिङ सेवा गृह मन्‍त्रालय र अर्थ मन्‍त्रालयको समन्वयमा सुचारु गरिने बताएको छ।

ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने भएको छ।

प्रकाशित: १२ चैत्र २०७६ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App