१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तयारी अवस्थामा अस्पताल

नेपाली सेनाको सहयोगमा अस्पताल प्राङगणमा तयार गरिएको टेन्ट ।

रोल्पा- कोरोना महामारीको त्रास बढेसंगै केही दिन अगाडी पूर्व तयारी भन्दै चारवटा कोठालाई आइसोलेसन कक्षका रुपमा र जिल्ला अस्पताल रोल्पामा नेपाली सेनाको सहयोगमा टेन्ट पनि तयार गरिएको छ। स्थानीय प्रशासक र जनप्रतिनिधिहरुले मंगलबार तयारी अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएका थिए। त्यसैगरि अस्पतालले पनि अन्य तयारी गरिएको बताएको छ। लकडाउन गरिएसंगै अस्पतालमा बिरामीको संख्या पनि न्युन रहेको छ।

त्यसैगरि रुन्टीगढी गाउँपालिका होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले १५ कोठा आइसोलेसनका लागि तयार गरेको जनाएको छ। पूर्वी रोल्पाको खुंग्री स्वास्थ्य चौकीमा सुनिलस्मृती गाउँपालिकाले केही संख्यामा आइसोलेसन कक्ष बनाउने जानकारी दिएको छ। यसैबीच जिल्लाका दर्जन बढी स्थानमा हेल्थ डेस्क पनि स्थापना गरिएको छ।

जिल्ला अस्पताल रोल्पाका चिकित्सकहरुले आफूहरुसँग प्रयाप्त मास्क, ग्लोभ्स लगाएत कोरोनाको संक्रमणको आशंका गरिएका बिरामी जाँच गर्दा लगाउने गाउन, बुट लगायतका पोसाक नभएको गुनासो समेत गरेका छन्। ‘हामिलाई अत्यावश्यक पर्ने उपकरण, पोसाक नै छैन। यस्तो अवस्थामा शंकास्पदहरुलाई समेत उपचार गर्न कठिन हुन्छ।’ डा. अनिल केसीले भने ‘आइसोलेसन कक्ष निर्माण भन्दा पहिले त्यता ध्यान दिनुपर्छ। क्वारेन्टाइन नै उपयुक्त बिधि भएकाले होम क्वारेन्टाइनका लागि सबैले सूचना दिनुपर्छ।’

कोरोनाको संक्रमण भए नभएको स्याम्पल परीक्षण गर्न स्वाब संकलन गरिने उपकरण (भिटीएम) समेत नभएको अस्पतालले बताएको छ। महामारीका रुपमा देखिएको कोरोना पहिचानको सुरुवाती सुबिधा र चिकित्सकलाई अत्यावश्यक सामाग्रीको अभाव हुँदा राज्यका तर्फबाट सहयोगको कुनै प्रकृया अगाडि समेत बढाइएको देखिदैन।

 

प्रकाशित: ११ चैत्र २०७६ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App