१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बेलायतमा लकडाउनको घोषणा, के छ नेपालीको तयारी ?

लण्डन- प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको प्रकोप रोक्नको लागि राष्ट्रव्यापी तालाबन्दी (लकडाउन) को घोषणा गरेका छन्। प्रधामन्त्री जोनसनले सोमबार साँझ एक टिभी सम्बोधन मार्फत देशवासीका नाम दिएको सन्देशमा सरकारको पछिल्लो घोषणालाई उल्लंघन गर्ने विरुद्ध प्रहरीले जरिवाना गराउने सक्ने चेतावानी समेत दिएका छन्। सरकारले सोमबार वेलायती संसदमा आपतकाल लगाउने सम्वन्धमा एक विधेयक दर्ता गरेको थियो।

बेलायत सरकारले सर्वाजानिक जमघट हुने स्थल, अनावश्यक समान बेच्ने पसलहरूलाई पुस्तकालयहरू, खेल मैदानहरू र आउटडोर जिमहरू, र पूजा गर्ने मन्दिर लगायतको क्षेत्रमा गतिविधी गर्न बन्देज लगाएको छ।

सरकारको घोषणा पछि एकै घरका सदस्यहरू बाहेक दुई भन्दा बढी व्यक्तिको सबै सार्वजनिक जमघट हुन प्रतिबन्धित हुनेछ।

प्रधानमन्त्रीको घोषणा पछि खाद्यसामग्री या औषधी खरिद गर्नका लागि, अत्यावश्यक सेवाका काममा जान, दिनको एकपल्ट शारीरिक व्यायामका लागि खुला ठाउँमा एक्लै जान र मेडिकल प्रयोजन या जोखिममा रहेकाहरूलाई मद्दत गर्न भने रोक लगाइएको छैन्।

बेलायतले यसअघि विद्यालयहरु बन्द गर्ने घोषणा गरेको थियो। गत हप्ता प्रधानमन्त्री जोनसनले बेलायती नागरिकको ३३० बिलियन पाउण्डको विषेश आर्थिक प्याकेज सार्वजानिक गर्दै कोरोना भाइरसका कारण जागिरबाट बन्चित सबै नागरिकको ८० प्रतिशत तलव, नीजि क्षेत्रका साना तथा ठूला व्यवसायको करमा भारी छुटको घोषणा गरेका छन्।

यसै बीच बेलायती परराष्ट्रमन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका आफ्ना नागरिकहरुलाई तत्काल बेलायत फर्किन अनुरोध गरेको छ। होलिडेमा गएका वा छोटो अवधिको लागि कामकाजको सिलसिलामा विदेशमा रहेका बेलायती नागरिकलाई ल्याउन सरकारले आफ्नै हवाई जहाज पठाउने तयारी गरेको छ। लकडाउन भैसेकेका देशमा अड्कीएका बेलायती नागरिकको उद्धारको लागि सम्वन्धीत सरकारसंग छलफल भैरहेको अधिकारीहरुले जनाएका छन्।

बेलायतमा कोरोनाभाइसर संक्रमणका कारण ३३५ जनाको ज्यान गैसकेको छ भने ६ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ।

यसैबीच कोरोना भाइसर संक्रमणमा बेलायतस्थित नेपाली समुदाय पनि प्रभावित भएको छ।

बेलायतमा कोरोना संक्रमणबाट भूपुगोर्खा लीला बहादुर राईको गत साता निधन भएको थियो भने समाजिक अभियानन्त भगवती रानाभाट संक्रमणका कारण अस्पताल भर्ना भएकी छन्। अहिले उनीहरु दुवै जनाको परिवार कोरनटाइनमा रहेका छन्।

यहाँस्थित बिभिन्न संघसँस्था लगायत गैरआवासीय नेपाली संघ (एनआरएन) युके, नेपाली दूतावास लण्डनले नेपालीहरुको सुरक्षाको लागि विषेश तयारी थालेका छन्। एनआरएनएले हेल्पलाइनको समेत शुरु गरेको छ।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गले सोमवार एक अपिल जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्ने उदेश्यसहित बेलायत सरकारले जारी गरेको निर्देशन पालना गर्न आग्रह गरेकी छन्।

यसै सन्दर्भमा बेलायतस्थित नेपाली दूतावासले नेपालीहरु बीच सूचना आदानप्रदान र आवश्यक सहयोगको लागि समन्वय गर्न राजदूत डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरेको छ। संक्रमण सम्बन्ध सूचना संकलन गर्न बेलायतस्थित सकृय पत्रकारहरु रहेको एक समिति समेत गठन भएको छ। बेलायतमा अध्ययनको लागि आएका विद्यार्थी लगायत कोरोना पीडितको सहयोगका लागि केही सामाजिक अभियान्ताहरुले समेत चासो देखाएका छन्।

 

प्रकाशित: ११ चैत्र २०७६ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App