१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री महत कतार जाँदै

काठमाडौं- परराष्ट्रमन्त्री प्रकाशसरण महत मंगलबार कतार प्रस्थान गर्ने भएका छन्। कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जसिम अल–थानीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार उनले कतारका समकक्षीसँग दोहामा द्विपक्षीय वार्ता गर्नेछन्। भ्रमणका बेला उनले कतारका अमिरसँग पनि शिष्टाचार भेट गर्नेछन्। कतारका श्रममन्त्रीसँग पनि उनले भेट्ने कार्यक्रम छ। परराष्ट्र सचिव शंकरदास बैरागी पनि महतसँगै कतार जाने परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र मन्त्री महत कतारबाटै बिहीबार अमेरिका प्रस्थान गर्नेछन्। अमेरिकामा उनी गैरआवासीय नेपालीले आयोजन गर्ने कार्यक्रममा सहभागी हुने जनाइएको छ। माघ ४ गते उनी स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २६ पुस २०७३ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App