बढ्दै केन्द्रीय बैंकका चुनौती

मङ्गलबार, ११ चैत २०७६, १० : २५ नीलम तिम्सिना

केन्द्रीय बैंक मुलुकको मौद्रिक अधिकारी हो । नोट प्रकाशन गर्ने/चलनचल्तीमा ल्याउने, नोटको प्रभावकारी व्यवस्थापन गर्ने,मौद्रिक नीति निर्माण/कार्यान्वयन गर्ने, विदेशी विनिमय/मौद्रिक व्यवस्थापनगर्ने, बैंक वित्तीय संस्थाको नियामक, सुपरिवेक्षक, बैंकहरूको बैंक, सरकारको बैंक, आर्थिक स्थिरता र आर्थिक विकासमा टेवा पु-याउने संस्थालाई केन्द्रीय बैंककारूपमा बुझ्ने गरिन्छ । जसलाईमुद्रा एवं बैंकिङ सम्बन्धमा देशको शीर्षस्थ संस्था नै मानिन्छ।

आधुनिक चुनौती
आधुनिक युगमा केन्द्रीय बैंकको  भूमिकादिनप्रतिदिन अत्यन्त चुनौतीपूर्ण बन्दै गएको छ । आर्थिक विकासको निश्चित लक्ष्यमा पुगिसकेका विकसित हुन् वा विकासशील र कम विकसित मुलुक,तिनका केन्द्रीय बैंकले ठूलो चुनौती सामना गर्नुपरिरहेको छ । विकसित मुलुकका केन्द्रीय बैंकका मुख्य चुनौती नियममा आधारित मौद्रिक नीति अवलम्बन गर्ने कि स्वेच्छामा आधारित मौद्रिक नीति भन्ने हो । अधिकतर विकसित अर्थतन्त्रले नियममा आधारित मौद्रिक नीति नै अवलम्बन गर्ने गरेका छन्, तर यदाकदा आकस्मिक रूपमा विकसित घटनाव्रmम, राजनीतिक दल र सरकारको दबाब तथा आफ्नो नियन्त्रणभन्दा बाहिरका तत्वका कारण केन्द्रीय बैंकले स्वेच्छिक उपायपनि अवलम्बन गर्नुपर्ने पनि हुन्छ । तर विकसित मुलुकमा यस्तो स्थिति आउनुलाई ठूलो सवाल मानिन्छ।

विकसित मुलुकका केन्द्रीय बैंकको अर्को चुनौती भनेको गैरपरम्परागत मौद्रिक नीति अवलम्बन अर्थात् परिमाणात्मक सहजीकरण रणनीति हो । विकसित मुलुकमा ब्याजदर पहिले नै कम (कहिलेकाहीं त ऋणात्मक पनि) हुने हुनाले वित्तीय एवं आर्थिक संकटका बेलाजब कूल मागवृद्धि गर्न मौद्रिक विस्तार आवश्यक पर्छ, त्यसबेला कठिनाइ हुन्छ । थप मौद्रिक विस्तारका लागिकेन्द्रीय बैंकको परम्परागत अस्त्र भनेको ब्याजदरमा कमी हो । तर ब्याजदर पहिले नै ज्यादै कम वा शून्यनजिक हुने हुनाले घटाउने गुन्जाइस हुँदैन । तर मौद्रिक विस्तार गर्नुपरिरहेको हुन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकसामु गैरपरम्परागत मौद्रिक विस्तार अर्थात् परिमाणात्मक सहजीकरण रणनीति अवलम्बन गर्नुको विकल्प हुँदैन । यस्तो परिस्थितिमा केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाका सुरक्षणसहितका प्रतिभूति खरिद गरिदिएर अर्थतन्त्रमा मौद्रिक विस्तार गर्छ । यो नीति अवलम्बन गरेर अल्पकालका लागि त केन्द्रीय बैंकले अर्थतन्त्रको वित्तीय संकट पार लगाउँछ, तर दीर्घकालमा यो रणनीति पनि चुनौतीपूर्ण ठहरिन्छ ।

विकासशील मुलुकमा केन्द्रीय बैंकका चुनौती अझ जटिल र सर्वव्यापी खालका हुन्छन् ।

त्यस्तै विकसित मुलुकका केन्द्रीय बैंक अर्थात् मौद्रिक नीतिको अर्को चुनौती हो– फिलिप्स कर्भको अवधारणा । यसले बेरोजगारी र मुद्रास्फीतिबीचप्रतिकूल सम्बन्धको व्याख्या गर्छ । अर्थात् बेरोजगारी घट्यो, उत्पादन बढ्यो भने मुद्रास्फीति कम हुन्छ ।तर राजनीतिकर्मीले भोट प्राप्त गर्नबेरोजगारी घटाउने कुरामा मात्र जोड दिने हुनाले मौद्रिक÷वित्तीय विस्तार गर्दा मुद्रास्फीति अनियन्त्रितत्वरले बढ्ने स्थिति आएपछि यो चुनौती साबित भएको हो । तसर्थपछि मुद्रास्फीतिअसीमित रूपमा बढ्न दिनु अर्थतन्त्रका लागि घातक हुन्छ भनी मुद्रास्फीतिको लक्ष्य तोक्ने अर्थात् मुद्रास्फीति लक्ष्यमा आधारित मौद्रिक रणनीति अवलम्बन गर्ने परिपाटी सुरु भएको हो ।

केन्द्रीय बैंकको मौद्रिक नीतिले बैंकिङ क्षेत्रले प्रवाह गर्ने कर्जाको परिमाणलाई अनिवार्य नगद मौज्दात, बैंक दर तथा खुला बजार प्रक्रियाजस्ता मौद्रिक उपकरणका माध्यमबाट नियन्त्रण गर्छ । तर बैंक कर्जा कस्तो क्षेत्रतर्फ गइरहेको छ ? उत्पादक वा अनुत्पादक ?यसको नियन्त्रण कठिन हुन्छ ।

विकसित देशका केन्द्रीय बैंकको अर्को चुनौती भनेको ऋणात्मक ब्याजदर हो । सामान्यतया ऋणात्मक ब्याजदर अवलम्बन गरिँदैन । किनकि शून्य र यसभन्दा तलको ब्याजदरमा कसैले आफ्नो पैसा बैंकमा राख्दैन । बरु घरैमा बाकसमा वा सिरानीमुनि राख्छन् । तर कुनै परिस्थितिमा केही विकसित मुलुकका केन्द्रीय बैंकले ऋणात्मक ब्याजदर नीति अवलम्बन गरेका पनि छन् । जनतार कर्पोरेटबैंकमा बचत तथा मुद्दती खातामा रकम राखेर ढुक्कसँग नबसुन् अर्थात् उत्पादनशील क्षेत्रमा लगानी गरुन् । उद्यमशीलताको विकास पनि होस् भनी कुनै निश्चित रकमभन्दा माथिको निक्षेपमा ऋणात्मक ब्याजदर लगाइन्छ ।

अतः यस्तो ऋणात्मक ब्याजदर कुन बेला कसरी लगाउने वा नलगाउने भन्ने कुरा चुनौतीपूर्ण हुन्छ । सही समयमा सही निर्णय लिन सकिएन भने त्यसले समस्त अर्थतन्त्रमा नकारात्मक असर पार्छ । त्यस्तै केन्द्रीय बैंकको अर्को चुनौती हो– स्वतन्त्रता अर्थात् आफ्ना लक्ष्य हासिल गर्न कति स्वतन्त्र हुने ?केन्द्रीय बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता हो भने सरकारको रोजगारी सिर्जना । मूल्य स्थिरता कायम गर्न केन्द्रीय बैंकले गर्ने प्रयासलाई रोजगारी बढाउन सरकारले गर्ने प्रयासले अवरोध गर्छ । तसर्थ प्रभावकारी ऐनमार्फत नै केन्द्रीय बैंकलाई स्वतन्त्रता र स्वायत्तता दिइनुपर्छ । विकसित मुलुकमा समेत केन्द्रीय बैंकको स्वयत्तताको सवाललेनिकै चर्चा पाउने गरेको छ ।

केन्द्रीय बैंकको पारदर्शिता अर्को चुनौती हो । आफ्ना लक्ष्य, लक्ष्य प्राप्तिका उपाय, नीति÷निर्णय कति हदसम्म सार्वजनिक गर्ने ? मुद्रास्फीति लक्ष्य, लक्ष्य हासिल गर्न नसक्दा जनताप्रति उत्तरदायी हुनुपर्ने, मुद्रास्फीतिको लक्ष्य हासिल गर्न ब्याजदर बढाउँदा उद्यमी/व्यवसायीको विरोध सहनुपर्ने हुन्छ । यस सम्बन्धमा सार्वजनिक नगरी नहुने विषय सार्वजनिक गर्नु पनि पर्छ । तर कतिपय बोर्डका गोप्य निर्णय, आफ्ना गोप्य रणनीतिसार्वजनिक गर्नु हुँदैन । तसर्थ केन्द्रीय बैंक पारदर्शी हुनुपर्छ, तर पूरै खुला होइन भन्ने उक्ति आत्मसात् गर्नुपर्छ ।

चुनौतीहरू सामना गर्दै नेपाल राष्ट्र बैंक आफ्नो लक्ष्य हासिल गर्न प्रतिबद्धतासाथ अघि बढेको छ । आवश्यक छ– गतिशील, मेहनती, विश्वसनीय, समन्वयकारी र सकारात्मक सोचसहितको अग्रगामी नेतृत्व र प्रयास ।

विकसित मुलुकका केन्द्रीय बैंकसामु अर्को जल्दोबल्दो चुनौती भनेको वित्तीय क्षेत्रमा अत्यधिक प्रयोग भएको प्राविधिक पक्ष अर्थात् फाइन्टिचप्रयोग हो । बढ्दो फाइन्टिचजस्तै ः डिस्ट्रिब्युटेड लिडर टेक्नोलोजी, आर्टिफिसियल इन्टिलिजेन्स, मोबाइल बैंकिङ, ब्लक चेन, बिट कोइन्स् आदिको प्रयोग यसरी व्यापक भइरहेको छ कि केन्द्रीय बैंकलाई त्यसको नियमन, सुपरिवेक्षण र ओभरसाइट गर्न हम्मेहम्मे परिरहेको छ । यस्ता अति विकसित वित्तीय प्रविधिबारे सबैलाई जानकारी दिन, यस विषयमा विज्ञ कर्मचारीप्राप्त गर्न र कुशल ओभरसाइट गर्न निश्चय नै चुनौतीपूर्ण छ ।

विकसित मुलुक, जहाँ केन्द्रीय बैंक अर्थात् मौद्रिक नीतिको एक मात्र  उद्देश्य मूल्य स्थिरता मानिन्छ, त्यहाँ केन्द्रीय बैंकका चुनौतीमूल्य स्थिरता हासिल गर्ने क्रममा उत्पन्न हुने अवरोधसँगै सम्बन्धित हुन्छन् । कहिलेकाहीं वित्तीय अस्थिरता, प्राकृतिक प्रकोप, आकस्मिक संकट र सरकारका लोकप्रिय कदमले पनि त्यसमा थप भूमिका खेल्छन् ।

विकासशील मुलुकमा केन्द्रीय बैंक र यसका चुनौती
विकासशील मुलुकमा केन्द्रीय बैंकका चुनौतीअझ जटिल र सर्वव्यापी खालका हुन्छन् । अर्थतन्त्रका विभिन्न पक्ष, बाह्य वातावरणीय तŒव, आफ्ना आन्तरिक कमीकमजोरी, अन्तर्राष्ट्रिय तत्वआदिका कारण केन्द्रीय बैंकले आफ्ना लक्ष्य प्रभावकारी रूपमा हासिल गर्नकुशलतापूर्वक काम गर्नसकिरहेका हुँदैनन् । विशेषगरी अल्पविकसित मुलुकमा केन्द्रीय बैंकले एकल उद्देश्य अर्थात् मूल्य स्थायित्वमा मात्र केन्द्रित हुननपाउनु, आर्थिक वकास, रोजगारी अभिवृद्धि, बैंकिङपहुँच वृद्धि आदि क्षेत्रतर्फ पनि उल्लेख्य सहयोग पु-याउनुपर्ने हुन्छ ।

यसले गर्दा आर्थिक विकासका लागि एकातिर मौद्रिक विस्तार र ब्याजदर घटाउनुपर्ने हुन्छ हुन्छ भने अर्कातिर आर्थिक स्थिरताका लागि मौद्रिक संकुचन र ब्याजदर बढाउनुपर्ने हुन्छ, जुन आफैंमा अन्तरविरोधीदेखिन्छन् । केन्द्रीय बैंकले आफ्ना उद्देश्य प्राप्ति पनि यिनै दुई अन्तरविरोधबीचमै खोज्नुपर्ने हुन्छ । त्यस्तैकेन्द्रीय बैंक पूर्ण रूपमा स्वायत्त नहुनु, बैंकिङ क्षेत्र विकसित र अनुशासित हुननसक्नु, प्रभावकारी भुक्तानी प्रणाली अभाव हुनु आदि विकासशील मुलुकका केन्द्रीय बैंकका मुख्य चुनौतीहुन् ।

नेपाल राष्ट्र बैंक र यसका चुनौती
नेपालका सन्दर्भमा नेपाल राष्ट्र बैंक केन्द्रीय बैंककारूपमा मुलुकको मौद्रिक एवं बैंकिङ क्षेत्रको शीर्षस्थ संस्था हो । यसको स्थापना नेपाल राष्ट्र बैंक ऐन २०१२ अनुसार २०१३ वैशाख १४ गतेभएको हो ।  हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ को दोस्रो संशोधन–२०७३ कार्यान्वयनमा छ । यस ऐनको प्रस्तावनामै ‘नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्नेगरी मूल्य र शोधनान्तर स्थिरता तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नकेन्द्रीय बैंककारूपमा नेपाल राष्ट्र बैंक स्थापना वाञ्छनीय भएकाले’ भनिएको छ ।

यसै ऐनले नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार पनि निर्दिष्ट गरेको छ । बैंक नोट तथा सिक्का प्रकाशन गर्ने, मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा तथाकार्यान्वयन गर्ने÷गराउने, विदेशी विनिमय नीति निर्माण तथा कार्यान्वयन गर्ने/गराउने, विनिमय दर पद्धति निर्धारण, विदेशी विनिमय सञ्चिति व्यवस्थापन/सञ्चालन, वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्ता कारोबार सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन, नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको काम गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताकारूपमा काम गर्ने, भुक्तानी, फछ्र्याेट तथा हिसाब मिलान पद्धति स्थापना तथा प्रवद्र्धन गरी नियमित गर्ने र तरलता व्यवस्थापनका निम्ति आवश्यक उपकरणका माध्यमबाट खुला बजार कारोबार सञ्चालन गर्ने आदि नेपाल राष्ट्र बैंकका प्रमुख काम÷कर्तव्यहुन् । यिनै कार्य सम्पादन गरेर नेपाल राष्ट्र बैंकले मूल्य÷शोधनान्तर स्थायित्व र वित्तीय स्थायित्वमार्फत समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र दिगो आर्थिक विकासको लक्ष्य भेट्टाउन सहयोग गर्ने प्रयास गर्ने गरेको छ ।

मूलतः केन्द्रीय बैंक मौद्रिक अधिकारी भएकाले मौद्रिक नीतिको कार्यान्वयनमै केन्द्रीय बैंकको सफलता भरपर्छ । मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गरी समष्टिगत आर्थिक स्थिरता र विकास गर्न नेपाल राष्ट्र बैंक प्रयासरत छ, तर यो काम निकै संवेदनशील र चुनौतीपूर्ण छ । भारतसँग खुला सीमाना, भारतीय मूल्यको उल्लेख्य प्रभाव, स्थिर विनिमय दर प्रणाली, मौद्रिक नीतिका बहुउद्देश्य, तुलनात्मक रूपमा वित्तीय विकास पर्याप्त भइनसकेको अवस्था आदि कारण मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ । स्वायत्त र प्रभावकारी रूपमा नीतिनिर्माण तथा कार्यान्वयन गर्ने दिशामा पनि थप प्रयासको खाँचो छ ।

वित्तीय क्षेत्रमा स्वअनुशासनसंस्कृतिविकास हुन पनि बाँकी नै छ । नेपाल राष्ट्र बैंकले आफ्ना नीति कति पारदर्शी रूपमा प्रस्तुत गर्नुपर्ने हो, स्पष्ट व्यवस्था छैन । प्रभावकारी भुक्तानी ओभरसाइटका लागि धेरै काम गर्न बाँकी छ ।अझैवित्तीय पहुँच विस्तारआवश्यकछ ।वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणप्रभावकारिताको सुनिश्चितता हुन बाँकी नै छ ।रेगुलेटरी फरवियरेन्सन्यूनीकरणको खाँचो छ ।वित्तीय क्षेत्र विकास रणनीति पूर्ण रूपमा कार्यान्वयन गर्ने, नियामकीय र सुपरिवेक्षकीय सूचना प्रणाली, छाया बैंकिङनियन्त्रण, जोखिममा आधारित आन्तरिक लेखापरीक्षण, युनिभर्सल बैंकिङ अभ्यास प्रभावकारी र पूर्ण रूपमा लागू गर्ने सन्दर्भमा अझै धेरै प्रयासको खाँचो छ ।

प्रभावकारी रूपमा नयाँ–नयाँ आर्थिक एवं वित्तीय विषयमा पर्याप्त अध्ययन/अनुसन्धान गराउनुपर्ने, कर्मचारी संघ÷संगठनको भूमिका सामूहिक र पेसागत हकहितका लागिकेन्द्रित हुनुपर्ने, आन्तरिक र बाह्य लेखा परीक्षणले औंल्याएका त्रुटि नदोहोरिने र समयमै पूर्ण रूपमा सच्चिने व्यवस्थाका लागि अझै मेहनत गर्नुपर्ने भएको छ । नोट व्यवस्थापन वैज्ञानिक, सुरक्षित र प्रभावकारी बनाउने, सूचना प्रविधि र फिनटेकसम्बन्धी जानकारी, ज्ञान, तालिम, दक्षता पर्याप्त हासिल गरेका कर्मचारीकोपर्याप्तता सुनिश्चित गर्ने, आवश्यक परे आउटसोर्सिङसमेत गर्ने, सिस्टम अडिटले दिएका सुझावकार्यान्वयन गर्ने दिशामा उल्लेख्य प्रयासको खाँचो छ ।

आकस्मिक रूपमा आउने प्राकृतिक प्रकोप, भाइरसजन्य महामारीका बेलाकसरी आफ्नोलगायत समस्त वित्तीय प्रणाली र अर्थतन्त्रको सकुशल व्यावसायिक निरन्तरता कायम गर्ने भन्ने पनि ठूलो दायित्व र चुनौती छ । समग्र वित्तीय क्षेत्रका कर्जा, तरलता, बजार र सञ्चालन जोखिम व्यवस्थापनको सुपरिवेक्षणकासाथै आफ्ना सम्पूर्ण जोखिम व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउने दिशामा पनि अझै बढी प्रयास आवश्यक छ । यी चुनौती सामना गर्दै नेपाल राष्ट्र बैंक आफ्नो लक्ष्य हासिल गर्न प्रतिबद्धतासाथ अघि बढेको छ । आवश्यक छ–अत्यन्त गतिशील, मेहनती, विश्वसनीय, समन्वयकारी र सकारात्मक सोचसहितको अग्रगामीनेतृत्व र प्रयास ।

(कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad